जुलाइ महिनामा नेपालमा भएका केही महत्वपूर्ण घटनाहरु

-- नेपाल गतिविधि, अगष्ट अंक २०१९ द नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६

कमाउने जति सबैलाई पान नम्बर अनिवार्य

अर्थमन्त्री डा युवराज खतिवडाले आय–आर्जन गर्ने सबैलाई स्थायी लेखा नम्बर (पान) को दायरामा ल्याउने नीति सरकारले लिइएको बताएका छन् । आर्थिक विधेयक, २०७६ माथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउादै अप्रत्यक्ष राजश्व प्रणालीलाई प्रत्यक्षमा लैजाने गरी कर नीति निर्धारण गर्ने बताए । उनले कुनै वर्ग विशेषलाई करमा छुट दिनेभन्दा समानरुपमा कर उठाई विपन्न वर्गलाई अनुदान दिने बाटो सरकारले लिएको जानकारी दिए । कुनै पुस्तक पसलमा किताब किन्न जाँदा मुनाफाबाटै छुट दिने गरिएकाले ज्ञानमा नभई पुस्तक पसलको कर उठाउने नीति लिएको मन्त्री खतिवडाले प्रष्ट पारे । छिमेकी देशमा पनि पुस्तकमा कर लाग्ने गरेको भन्दै उनले ज्ञानका सामग्रीमा १० प्रतिशतभन्दा बढी नलाग्ने बताए । खर्बौं लगानी गरेका नेपालका ७०० छापाखानालाई प्रोत्साहित गर्न पनि पुस्तकमा कर लगाउन लागिएको मन्त्री खतिवडाले प्रष्ट पारे ।

काठमाडौं एयरपोर्ट २१ घण्टा खुला

धावनमार्ग मर्मतका लागि दैनिक १० घण्टा बन्द गरिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जुलाईको पहिलो सातादेखि २१ घण्टा सञ्चालनमा आएको छ । असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य सम्पन्न भएपछि विमानस्थल २१ घण्टा सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किादा जहाज उडान र अवतरणमा समस्या १८ चैतदेखि मर्मत शुरु गरिएको  थियो । ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले ९० दिनमै काम सम्पन्न गरेको हो । उक्त कम्पनीले  मूल्यअभिवृद्धि करसहित चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । मर्मत कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशनले जिम्मा लिएको थियो । तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिादै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् । विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् ।

छोरीद्वारा आमाको हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गराएको खुलेको छ । स्थानीय बाँसबारीकी २७ वर्षीया इश्वरी भट्टराईले ६१ वर्षीया आमा सावित्रीको हत्या गराएको महानगरीय अपराध महाशाखाले जनाएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ की सावित्रीको जुलाई ३० का दिन छोरीको घरमा हत्या भएको थियो । प्रहरीका अनुसार श्रीमान र छोरासंगै बस्दै आएकी ईश्वरीको सिराहा घर भई हाल पुरानो थिमी बस्ने बस्ने २३ वर्षीय मोहम्मद नौसादसंग प्रेम सम्बन्ध थियो । सम्बन्धबारे आमालाई थाहा भएपछि कुरा बाहिर आउने डरले उनको हत्या गराएको महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरिक्षक रविन कार्कीले बताए । कार्कीका अनुसार इश्वरीसंगको सल्लाहमा प्रेमी नौसादले भारतबाट १२ लाख रुपैयाँ दिने शर्तमा भारतीय नागरिक मोहमद रहिश र अर्जुन कुमारलाई बोलाएका थिए । उनीहरुले छुरी प्रहार गरी सावित्रीको हत्या गरेको अनुसन्धानमा खुलेको छ । चारैजना अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

थपिए साझा बसका रुट

साझा यातायातले काठमाडौं उपत्यकाका थप तीनवटा रुटमा बस चलाउन शुरु गरेको छ । नयाँबसपार्क–सूर्य विनायक, नयाँ बसपार्क–कमलविनायक र नयाँ बसपार्क–लगनखेल रुटमा साझा बस चल्न शुरु गरेका हुन् । नयाँबसपार्कबाट सूर्य विनायक र कमलविनायक रुटमा भक्तपुरलाई चत्रपथ बनाउनेगरी बस सञ्चालन हुने साझाका लेखा अधिकृत गोपाल प्रसाद पन्तले बताए । त्यसैगरी नयाँबसपार्क–लगनखेल रुटमा कार्यालय समयलाई मध्यनजर गरी चावहिल, गौशाला हुँदै सञ्चालन गर्न लागिएको उनले बताए । साझाले पुरानो रुटलाई पनि थप विस्तार गरेको छ । जस अनुसार यस अघि भक्तपुरमा चल्दै आएको बस त्रिभुवनपार्क हुँदै पाटन हस्पिटल पुग्ने र सोही रुट हुँदै फर्कने छन् । त्यसैगरी थानकोटदेखि लगनखेल र लगनखेल–रत्नपार्क–दक्षिणकाली रुट विस्तार गरिएको साझा यातायातका प्रवन्धक मेहेन्द्रराज पाण्डेले जानकारी दिए । यसका लागि साझाले २० वटा नयाँ सिटी बस थपेर ७१ वटा पुर्‍याएको छ । थप गरेका बसमध्ये ६ वटा सूर्य विनायक, ६ वटा कमलविनायक र ८ वटा लगनखेल रुटमा चल्नेछन् । भक्तपुर–पाटनका लागि पुराना ७ वटा र  दक्षिणकालीका लागि  दुई वटा बसको व्यवस्था गरिएको छ । थपिएका नयाा २० गाडी यूरो ४ मापदण्डका रहेका छन् । ४० सिट क्षमताका यी बसमा पहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन् ।

हात्तीको बथान नै गाउँ पसेपछि

जंगली हात्ती गाउँमा पसेपछि झापाको दमक– ३ का स्थानीय जनता त्रसित बनेका छन् ।  हंसेदुम्से वनबाट हात्तीको बथान बस्तीमा प्रवेश गरेर दु:ख दिन थालेपछि जनजीवन त्रासपूर्ण बनेको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए । जङ्गलबाट निस्किएको हात्तीले किसानको अन्नबालीसहित घरमा क्षति पुर्‍याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको बरालले बताए । हात्ती आउने डरले स्थानीयबासी रातभर जाग्राम बस्ने गरेका छन् । उक्त क्षेत्रमा जङ्गली हात्तीका कारण वर्षेनी एक–दुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् ।

बाघको जुंगा उखेलेपछि…

बर्दिया जिल्ला अदालतले मरेको बाघको जुँगा उखेलेको अभियोगमा गेरुवा गाउँपालिका–४ शान्तिपुरका सुन्दरलाल चौधरीलाई रु पााच लाख जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश किरणकुमार पोखरेलको इजलासले चौधरीलाई बाघको जुँगा उखेलेर घरमा लुकाएको अभियोगमा रु पााच लाख जरिवानाको फैसला गरेको हो । चौधरी २८ पुसमा बाघ मारेको अभियोगमा पक्राउ परेका थिए । तर बाघ मारेको प्रमाण फेला नपरेको अदालतले जनाएको छ । अभियुक्त चौधरीले बाघको जुागा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको फैसलामा उल्लेख छ । वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई पाँचदेखि १५ लाख रुपैयाँ सम्म जरिवाना हुने कानूनी प्रावधान छ ।