तीन सातामा विदेशमा ३९ जना नेपालीको निधन
लण्डन– विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना तथा इराक, र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।
इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
ती मध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा।संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।
सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ ।
यसैबीच नेपालमा हालसम्म पीसीआर परिक्षणबाट ६ लाख ९३ हजार १ सय ९ जना संक्रमित पुगेका छन् ।
९४.१ प्रतिशत अर्थात ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणका कारण हालसम्म ९ हजार ८ सय ३४ जनाको निधन भएको छ ।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको गैरआवासीय नेपाली संघ, कोभिड–१९ उच्च स्तरिय समितिका प्रेस संयोजक चिरन शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेखग रिएको छ ।
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...