नेपालमा सक्रिय संक्रमितको संख्या ५५ हजार ५ सय ३२

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार ६, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले आईतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा पीसीआरतर्फ १४ सय २१ तथा एन्टिजेन विधिबाट १ हजार २१ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

यो अवधिमा ६ हजार ६ सय ७७ जनाको पीसीआर तथा ४ हजार २ सय ४९ जनाको एन्टिजेन विधि गरी कुल १० हजार ९ सय ५६ जनाको परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ५१ जना संक्रमितको दुखद निधन भएको छ ।

त्यस्तै यो अवधिमा ३४ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा यतिबेला ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमितहरु छन् ।