नेपालमा ३ हजार ७ सय ५० जना संक्रमित थपिए

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ५० जना संक्रमित थपिएको जनाएको छ ।

यो अवधिमा १५ हजार १ सय ८२ जना (९५९८ को पीसीआर तथा ५५८४ को एन्टिजेन) को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरतर्फ २७ सय ९ तथा एन्टिजेनतर्फ १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो अवधिमा ६७ जना संक्रमितको दुखद निधन भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।