नेपालीप्रति अष्ट्रेलियनको ठुलो सम्मान छ : डा. प्रधान

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५

अष्ट्रेलियामा नेपाली समुदाय माँझ चिरपरिचित नाम हो – डा. नारायण प्रधान । लण्डनबाट क्यामेट्री विषयमा पिएचडी पूरा गरेपछि जागिरको सिलसिलमा सन् १९७४ मा अष्ट्रेलिया पाइला टेकेका प्रधानले २५ बर्ष न्यू साउथ बेल्स राज्य सरकार मातहत वातावरणीय प्रदुषण विश्लेषण विभागमा काम गरे । इलामस्थित सीमा घर नजिक भएकाले भारतको दार्जिलिङबाटै मावि र उच्चमावि तहको अध्ययन पूरा गरेका डा. प्रधानले लण्डन उड्नुअघि ४ बर्ष भूगर्भ तथा खानी विभागमा काम गरेका थिए । ७७ बर्षीय प्रधानले अष्टे«लियामा नेपाल समुदायको सामुहिक उत्थान, विकास र प्रगतिबारे उनै प्रधानसँग दि नेपाली टाइम्सका लागि गोपाल छन्त्यालले अन्तरंग कुराकानी गरेका छन् । सोही संवादको सारः

प्रश्न १. दि नेपाली टाइम्स अष्ट्रेलियामा यहाँलाई स्वागत छ ।
–यहाँलाई धन्यबाद ।

प्रश्न २. अष्ट्रेलिया बसाइ ४५ बर्ष पुग्दै रहेछ, सुरुका दिनहरु कसरी सम्झनुहुन्छ ?
– हजुर, यहाँ आएको यहि जनवरीमा ४४ पूरा भएर ४५ मा लाग्दैछ । लण्डनबाट औपचारिक अध्ययन पूरा गरेपछि जागिर खोज्ने क्रममा भेरीएट एशोसिएट्स नामक संस्थाबाट वैज्ञानिकका रुपमा यहाँ काम गर्न आएको हुँ । इलेक्ट्रिक्स सामाग्रीको खोजका लागि मैले ४ बर्ष त्यही कम्पनीमा काम गरेँ । लण्डनबाट आएको हुनाले अष्टे«लियन सरकारले मलाई तत्कालै यहाँको नागरिकता दियो । अनि प्रतिस्पर्धाबाट सरकारी जागिरे सुरु गरें । अष्ट्रेलिया पाइला टेक्ने म दोश्रो नेपाली रहेछु । म भन्दा अघि अमृत तण्डुकार विद्यार्थीका रुपमा आएका रहेछन् । ३/४ बर्षपछि एक दुईजना नेपाली विद्यार्थीहरु पढ्न आउंथे, सरकारी छात्रवृत्तिमा आउने उनीहरु पढाई पुरा गरेपछि फर्केर जानै पर्ने, पिआर माग गर्ने व्यवस्था नै थिएन । त्यसैले, पनि नेपाली दाजुभाई दिदिबहिनीहरु ज्यादै भन्दा ज्यादै कम हुन्थ्यो ।

प्रश्न 3.  त्यस्तो अवस्थामा यहाँ सेटल्ड हुन चाँही कत्तिको समस्या भयो ?
– अहो, कत्ति हो कत्ति समस्या भयो । आर्थिक र भाषिक रुपले भन्दा पनि व्यवहारिक पाटोहरुमा ज्यादै नमिठो लाग्थ्यो सुरु–सुरुमा । अष्टे«लिया आएकै बर्ष जेठो छोराको जन्म भयो । म डिउटी जानुपर्ने, अस्पतालमा आमा र बच्चाको हेरचाह गर्ने आफन्तजन कोही हुन्थेन । त्यतिबेला चाही नेपाली दाजुभाई र दिदिबहिनी भेट भयो भने नेपाल नै गए जस्तो लाग्थ्यो । खाशगरि अस्पतालमा सुत्केरी श्रीमति र शिशु बच्चा मात्रै हुंदाखेरि मेरो कोही पनि नरहे जस्तो भान हुन्थ्यो । पछि फेरि विस्तारै सबै ठिक हुदै गयो । अर्को कुरा, कम्पनीमा काम गर्ने भएकाले कम्पनीले बस्नका लागि सबै व्यवस्था गरेको थियो । तर, खानपिन चाही सबै विदेशी । नेपालमा टन्न दालभात खाएको बानी, लण्डनमा पनि त्यसरी नै खान्थें । दालभातै खान नपाउने भएपछि हामीले कम्पनीको निशुल्क सेल्टर छाडेर युनिट खोजेर बस्यौँ । आजसम्म एक पटक दालभात खाइएन भने खाना खाए जस्तो पनि लाग्दैन, यहि नै नेपालीपन ।

प्रश्न ४ः मुल अष्टे«लियनहरुले नेपालीलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
– हेर्नुस्, अष्टे«लियनहरुले नेपालीलाई मात्रै होइन् बाह्य मुलुकबाट आउने जो–कोहीलाई ठुलो सम्मान दिन्छ । नेपालीहरुको सन्र्दभमा चाही झन् अलि विशेष छ । हामी नेपालीहरु थोरै भएपछि हाम्रो कला–संस्कृति, हाम्रो देशबारे जान्ने रहर उनीहरुलाई नै भयो । त्यहि भएर अष्टे«लियनहरुकै पहलमा नेप्लिज–अस्ट्रेलियन एसोसियसन (एन.ए.ए ) स्थापना भयो, सन् १९७६ मा । त्यतिबेला संस्थापक सदस्यहरुमा हामी नेपालीहरु ४÷५ थियौँ भने अष्टे«लियनहरु ३०÷३५ जना । संस्थाले दुई वटा उद्देश्य बोकेको थियो, पहिलो अष्टे«लियामा नेपाल र नेपालीहरुलाई सहयोग गर्ने । दोश्रो, कोही अष्टे«लियन नेपाल जान्छ भने उसलाई देशका बारे जानकारी दिने । सन् १९८२– १९९० सम्ममा त्यसको अध्यक्ष भएर काम गर्ने अवसर पनि पाएँ । यो अवधीमा हामीले नेपालीहरुको सहयोगका लागि थुप्रै काम ग¥यौँ । त्यतिबेला नेपाली राजदुतावास पनि थिएन्, एनएएले नै त्यसको काम गरिरहेको थियो । त्यहि भएर नेपालबाट भिजिट हुने सबै किसिमका कार्यक्रमहरुमा हाम्रो सहभागिता हुन्थ्यो । सन् १९८२ मा विपी कोइराला र सन् १९८४ मा राजा बीरेन्द्र शाहको स्टेट भ्रमणको बेला हामीले नै ‘पुल’को काम गरेका थियौँ । हामी नेपालीहरु सँख्या विस्तारै बढ्न थालेपछि हामीले अब नेपालीहरु मात्र भएको छुट्टै संस्थाको महसुस ग¥यौँ, सन् १९८९ तिर होला हामीले गोर्खा–नेप्लिज समाज स्थापना ग¥यौँ । त्यहि संस्था मार्फत हामीले बर्षेनी दसंैतिहार मनाउने, कला संस्कृतिबारे विभिन्न किसिमका गोष्ठीहरु आयोजना गर्ने र साँस्कृतिक कार्यक्रमहरु गर्दै गयौँ । सन् १९९८ मा हामीले अष्टे«लियामै पहिलो पटक मह सञ्चारका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतका टिमलाई ल्याएर भव्य कार्यक्रम ग¥यौँ, त्यतिबेला हामी नेपालीहरु जम्माजम्मी ७ सयको हाराहारीमा थियौँ ।


प्रश्न ५ः अहिले त ६० हजार भन्दा बढी भईसके नी ?
– हो त, एकदमै खुशी लाग्छ । अहिले जता गएपनि नेपाली दाजुभाईहरु भेटिनुहुन्छ, नयाँ जेनेरेशन आएका छन् । खाशमा सन् १९८० को दशक सम्म अष्टे«लियन सरकारले ‘ह्वाइट नीति’ अबलम्बन गरेका कारण हाम्रो पालोमा नेपालबाट मात्र होइन एसियन देशबाट कोही पनि यहाँ बस्न पाउने थिएन् । सन् १९८९ तिर सरकारले त्यो नीतिलाई खुकुलो बनाउँदै लगेपछि हामी मात्रै होइन अन्य एसियन मुलुकका नागरिक आउन र बस्न थाले । सन् २००० सम्म विद्यार्थीहरु निकै कम हुन्थे, रिफिउजीमा आएर बस्ने बढी हुन्थ्यो । नेपाली÷गोर्खाली भन्ने वित्तिकै इमान्दार हुन्छन्, काम प्रति वफदार हुन्छन् भनेर नै सरकारले अरु भन्दा नेपाललाई बढी प्राथामिकता दिएको जस्तो लाग्छ ।

प्रश्न ६ः एउटा पुराना र सबै व्यवस्था बुझेको हिसाबले अष्ट्रेलियामा नयाँ करिअरको खोजीमा रहेका अहिलेको पुस्तालाई तपाँईको सुझाब महत्वपूर्ण हुन सक्छ, के–के गर्नुपर्छ ?
– (एकछिन सोचेर..) यो महत्वपूर्ण प्रश्न हो । नेपालका कलिलो पुस्ता अहिले अष्टे«लियामा छ । घरव्यवहारमा नपरेको, यतिसम्मकी घरमा चिया, खाना र भाँडा नमाझेको एउटा विद्यार्थी जब अध्ययनका लागि भन्दै यहाँ आउँछ, उसका लागि पाठ्यपुस्तकको नियमित अध्ययन मात्रै कर्तव्य भित्र पर्दैन । खानपिन, घर भाडा देखि नेपालबाट आएको ऋण समेत चुक्ता गर्ने जिम्मेवारी छ । यसले उनीहरुलाई दबाबको वातावरण सिर्जना गरेको छ । अष्टे«लिया आएको भोलीपल्टबाटै त्यो विद्यार्थी एक किसिमका तनाब पर्दै जान्छ, अनि नकरात्मक कुलतमा फस्दै जान्छ, यो जमात बढ्दो छ, यो चिन्ताको विषय हो । यहाँ ल्याउने एजेन्सीहरुले पनि यहाँको वास्तविक अवस्थाबारे भन्दैन, आफ्नो व्यवसायिक नाफा–घाटाका लागि । तर, यहाँ आइसकेपछि बहन गर्नुपर्ने थुप्रै व्यवहारिकताहरु हुन्छन् । म त भन्छु, विद्यार्थी सबैले कम्तिमा ५ महिना पुग्ने खर्च नेपालबाट आउँदा नै व्यवस्थापन गरेर आउनुपर्छ, आफ्नो सहजताका लागि । अनि, यहाँका थुप्रै सामाजिक संघसंस्थाहरु छन्, उनीहरुले पनि नयाँलाई सिकाउन सक्नुपर्छ, समस्यामा परेकालाई सहयोग गर्ने वातावरण बनेको छ, त्यसलाई विस्तार गर्नुपर्छ ।

प्रश्न ७ः सामाजिक संघसंस्थाहरु पनि धेरै छन्, व्यक्तिगत र राजनीतिक स्वार्थ पूर्तिका लागि बढी केन्द्रित हुदै गए भन्ने आरोप छ ?
– हाम्रो पालामा थोरै थियौँ, संघसंस्था पनि थोरै थिए । एक अर्कासँग राम्रो चिनजान हुन्थ्यो । अहिले हामी धेरै छौँ, सामाजिक संघसंस्थाहरु धेरै हुनुलाई नराम्रो मान्नु भएन । एउटा नेपालीलाई समस्या पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ । ठाउँ–ठाउँमा संघसंस्थाहरु छन्, सबैले गतिविधी गरिरहेकै छन्, यो राम्रै हो । जहाँसम्म व्यक्तिगत र राजनीतिक स्वार्थका कुरा हो, यदी त्यशो हो भने त्यसलाई उनीहरुले सुधार गनुपर्छ ।

प्रश्न ८ः अब अलिकति नेपालबारे कुरा गरौँ, देशलाई कत्तिको पछ्याउनु हुन्छ ?
– (उत्साहित हुदै…) अहो, देशलाई नपछ्याउने कुरै भएन । सबेरै नेपालका पत्रपत्रिका पढ्छु, रेडियोहरु सुन्छु । अन्नपूर्ण, कान्तिपुर पत्रिका त नियमित पढ्छु । पहिला देशको गतिविधी बुझेर मात्रै यहाँको नियमित काम गर्छु ।

प्रश्न ९ः कस्तो लाग्छ त, देश कता जाँदैछ ?
– बलत्कारका घटनाहरु बढेका छन् । निर्मला पन्तको दोषी पत्ता लगाउन सकेको छैन, किन त्यति लामो समय त नलाग्नु पर्ने हो । भ्रष्टाचार नै देशको ठुलो समस्या जस्तो लाग्छ, पत्रपत्रिकाका खबरहरु हेर्दा । जेहोस्, दुई तिहाइको शक्तिशाली सरकार बनेको छ, अब चाही केहि होला भन्ने आशा गर्न सकिन्छ ।


प्रश्न १०ः जहाँ बसे पनि मायाँ त त्यही माटोकै बढी हुंदो रहेछ, है ?
– अं..। ४५ बर्ष भयो यहाँ बस्न थालेको छ । तर, देशबारे संधै बुझ्ने गर्छु । आज होला, भोली होला भन्दा भन्दै अझै सोचे जस्तो भएको छैन, देशको नेतृत्वले अब अलि फरक तरिकाले सोच्नुप¥यो ।

प्रश्न ११ः नेपाल गइ राख्नुहुन्छ, कि छोड्नु भो ?
– मेरो इष्टमित्र सबै उतै हुनुहुन्छ । पहिला आमा हुंदा सम्म बर्षको एकपटक नेपाल जान्थें, ५ बर्षअघि आमा वित्नुभो, त्यसपछि अलि कम भएको छ । २÷३ बर्षमा एकपटक जान्छु, महिना दिन बस्छु अनि फर्कन्छु ।

प्रश्न १२ ः नेपाल गएर केहि गर्नुपर्छ भन्ने सोच आएन ?
– २५ बर्ष यहाँ सरकारी जागिर गरें । सन् २,००० मा रिटार्यड भएको हुँ । ३५/४० बर्षको उमेरसम्म देशमै गएर केहि गर्छु भनेर सोच्ने गर्थें तर, सबै व्यवहार यतै भएपछि अलि अप्ठ्यारो हुदो रहेछ । बालबच्चाको लालनपोषण देखि सबै यतै भयो । अनि लामो समयपछि जाँदा त्यहाँ सुरुमा हामीले सोचेको जस्तो हुदैन, समाज त धेरै अघि गइसकेको हुन्छ । नेपालमै बस्छु भनेर काठमाडौँमा घर पनि किन्न खोजेँ, तर अहिले रिटार्यड लाइफमा छु, यतै रमाइरहेको छु ।

प्रश्न १३ः ७७ बर्षको उमेरमा पनि एकदमै फुर्तिलो देखिनुहुन्छ, दिनहरु कसरी बिताउनुहुन्छ ?
– बिहान, साढे पाँच नै उठ्छु । नेपालको पत्रपत्रिकाका खबरहरु हेर्छु अनि सामान्य फिजिकल एक्सरसाइज गर्छु । सधैँ सकरात्मक सोच्छु । नेपाली किताबहरु पढ्छु, अचेल त यहाँका पुस्तकालयहरुमा पनि नेपाली किताबहरु पाउंछ, सबै लिएर पढ्ने गर्छु, नेपाली गीतहरु सुन्छु, दिनहरु रमाइलो गरि बितिरहेको छ ।

प्रश्न १४ः भनेपछि, जीवन देखि सन्तुष्टि हुनुहुन्छ ?
– हजुर, यहि हो सन्तुष्टि भन्ने । मेरा दुई छोरा छन् । दुबै सेटल्ड भइसकेका छन् । हामी बुढाबुढी पनि बेलामै केहि जोहो गर्न सक्यौँ, अहिले रिटार्यड जीवन सन्तुष्ट छ । विभिन्न संघसंस्थाहरुले कार्यक्रमहरुमा बोलाउंछ, जाँदा–आउँदा र नेपाली दाजुभाई, दिदिबहिनीहरुसँगै रमाउँदा दिन जान्छ ।
प्रश्न १५ ः आफ्नो अनुभव सुनाइदिनु भो, धन्यबाद यहाँलाई ।
– यहाँलाई पनि धन्यबाद ।

(यो अन्र्तवार्ता दि नेपाली टाइम्स अष्ट्रेलियाको जनवरी अंकमा प्रकाशित छ । )  प्रतिक्रियाका लागि– journal.myagdi007@gmail.com