परोपकारिता प्रचार गरौ, प्रचारमुखी नबनौं
आफ्नो नागरिकको आर्थिक, भौतिक, शैक्षिक र सामाजिक लगायतका सुरक्षामा जब राष्ट्र कमजोर हुन्छ, त्यती बेला एउटा सचेत नागरिक आँफुलाई अझै जिम्मेवार र ब्यबहारिक रुपमा प्रस्तुत हुनु पर्दछ । मातृभूमिलाई दुख्दा गोलाद्ध भरि छरिएर जीविकोपार्जनका लागि रहेका तर मन भरि नेपाल पालेका ममतामयी नेपालीहरूले धेरै पटक धेरै ठाउँमा मन फराकिलो बनाएका छन् । २ बर्ष अगाडि नेपालले भोग्नु परेको भूकम्पको महाबिपतमा एक मिनेट पनि नसोची आ–आफ्नो गच्छे अनुसार हामी धेरैले धेरै पटक मन फुकायौं त्यसैले त भूकम्पको त्यो त्रासदीमा केहि हदसम्म भए पनि धेरै दाजुभाइ, दिदीबैनीहरूको आँसु पुच्छन हामी सफल रहयौं । यहि त्रासदीसँग जोडिएका पुन:निर्माण अझै निक्कै बर्ष लाग्नेछ र हामी कुनै न कुनै रुपमा त्यसको हिस्सा बन्न संधै तयार नै छौं ।
प्राकृतिक बिपत बाहेकमा पनि हाम्रो नेपाली मात्रको नाताले जोडिएको परोपकारिताले धेरै डोल्माहरू कालको मुखबाट फर्के, धेरै अनिशहरूले काललाई जिते वा काललाई धेरै पछाडि धकले भने विदेशका धेरै जेलहरू मा नखाएको बिषले अल्झेकाहरू ले न्याय पाएका छन्, पाउने क्रममा छन् ।
बितेका कहिँ हप्ता यता हामी फेरि अर्को प्राकृतिक प्रकोपको चपेटामा परेका छौं । बर्षेनी जस्तै तराई मधेशमा दु:ख दिने बाढी पहिरो यो पटक झन् निर्दयी बनिदियो, धेरैको ज्यान गइसक्यो भने बचेको जीवन पनि कष्टकर नै छ। यो विषम परिस्थितिमा एक पटक फेरि सबै जुटौं जुटेका छौं, किनकि प्रबासका नेपालीहरू बाट धेरै संघ संस्थाको माध्यम धेरैले राहत पाइसकेका छन् अझ यो क्रम जारि छ । यस्ता सहयोगहरू नेपाल सरकार हुँदै स्थानीय सरकारको समन्वयमा बितरण हुन सके, उपयोगिताको हिसाबले यस्ता राहातहरू झन् सच्चा पीडकसम्म पुग्नेछन् ।
कहिले कोशी ब्यारेज त कहिले सीमासंगका अरु तट बन्धन यस्तै यस्तै राजनीतिक मसलामा हामीले हाम्रा नदीहरूको उचित ब्यबस्थापन गर्ने नसकेको पक्कै हो । तै पनि संधै घटना घटीसके पछि यस्ता कुरालाई दोष दिनु भन्दा यस्तो विषम परिस्थितिमा आफ्नो दैनिकीबाट समय निकालेर मानबिय भाव सहित परोपकारिताका लागि पैसा उठाउने, सम्बन्धित ठाउँसम्म पुगेर पिडितको सेवामा लाग्ने सबै मनकारीहरू स्तुत्य छ ।
परोपकारितालाई प्रचार प्रसार गरिनु पर्छ, जसले दु:ख सुखले केहि दिएको छ उसको प्रसंशा गर्न कन्जुसाई गर्नु हुँदैन, यसले परोपकारिता गर्नेहरूलाई अझै उत्साहित हुन्छन् । त्यसो भन्दै गर्दा प्रचारका लागि मात्र परोपकारिता प्रचारमुखी नबनाउँm । तर स्वच्छ दिलले परोपकारितामा खटिएकाहरूलाई आउन सक्ने सम्भावित प्रश्न अगावै यस्ता कार्य एकदम पारदर्शी हुनु जरुरि छ । भलै सहयोग गर्नेले सहयोगको रकम कहाँ पुग्यो न खोज्ला खोज्न न भ्याउन सक्छ तर त्यो जान्न पाउने उसको अधिकार हो, त्यसले उसको सहयोगीपनमा झन् निखारता ल्याउँछ ।
आज भोलिको जमाना सामाजिक संजाल र मिडियाको हो। छिस्स केहि हुनासाथ हाम्रा सामाजिक संजाल र मिडियाहरू रंगी हाल्छन् । धेरै कुरामा ति सकारात्मक पनि छन्, त्यहिबाट आउने सन्देश खबर र अनुरोधले धेरै कार्यहरू भएका छन् धेरैको जीबन परिबर्तन भएका छन् राज्य र प्रशासन युझेका छन् । नबिर्सौ आति मेहनतले कमाएको कमाई आफ्ना घरयासी या घर नजिकका कयाैं समस्याहरूलाई थाती राखेर हामीले मन फुकाएका हुन्छाैं, त्यसैले परोपकारिताको नाममा कसैले खेल्न वा प्रचारबाजी गर्ने ठाउँ नपाओस् । त्यसैले पनि परोपकारितासंग आबद्द हुने सबैले परोपकारितालाई झन् निखार्न पारदर्शी बनाउन यी कुनै माध्यमहरू अपनाएर यसको प्रचार गरांै तर प्रचारमुखी नबनौं ।
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...