पोखरामा बगर भाइखलक एट ए साईड फुटबल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र २, २०७७

यही मार्च ८ का दिनदेखि पोखराको टुँडिखेलमा बगर भाइखलक एट ए साईड फुटबल प्रतियोगिता प्रारम्भ भएको छ । बढ्दो उमेरसँगै स्वास्थ्यप्रतिको सचेतना बढाउँदै युवापुस्तालाई फुटबलप्रति अभिप्रेरित गराउने अभिप्रायले बगर भाइखलबले वर्षेनी एट ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।  रन्जित गुरुङ स्मृति १० औं सस्करणको बगर भाइखलक एट ए साईडमा पोखरा तथा अन्य विभिन्न शहरका गरी २८ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । पोखरा–१ पुरानो टुडिखेलको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा  विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।  प्रतियोगितामै सबैभन्दा पाका खेलाडीलाई ताम्रपत्रबाट सम्मानित गरिने छ । विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्डलई ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई भने नगद १० हजार रुपैयाँसहित ट्रर्फी प्रदान गरिनेछ । म्यान अफ दि म्याच एवं अनुशासित टोलीको हकमा भने विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।