प्रवासी नेपाली एकता मंच अष्ट्रेलिया – एनएसडब्लु राज्य समिति गठन !

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन ९, २०७७

नेकपा ओली समूह समर्थित प्रवासी नेपाली एकता मंच अष्ट्रेलियाले कृष्ण सापकोटाको संयोजकत्वमा प्रवासी नेपाली एकता मंच, न्यू साउथ वेल्स गठन गरेको छ ।

यहि २१ फेब्रुअरी आइतबारका दिन एनएसडब्लु, रकडेलस्थित इन्द्रेणी फंङ्सन सेन्टरमा आयोजित कार्यकर्ता भेलामा संयोजक समिति गठन गरेको हो । नवगठित ५१ सदस्सिय कार्यसमितिका उपसंयोजकमा सिताराम घिमिरे र सचिबमा शिब पौडेल छन् । भेलाले एनएसडब्लुका विभिन्न क्षेत्रहरुमा क्षेत्रीय टिम पनि निर्माण गरेको बताइएको छ । क्षेत्रीय संयोजकहरुमा साउथ वेष्ट – कृष्ण गैरे, नर्थन बीच तथा सेन्ट्रल कोष्ट – अर्जुन पौडेल, सेन्टजर्ज – दिवाकर काफ्ले, नर्थ वेष्ट – दिपक पहारी, वेष्ट सिड्नी – कृष्ण निरौला, इनर वेष्ट – नारागिरी देबमांग र डब्बो क्षेत्रमा प्रेम दाहाल छन् । बाँकि सदस्य तथा पदाधिकारीहरुको नाम बिज्ञप्ति मार्फत आउने संयोजक कृष्ण सापकोटाले नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए ।

यसैगरि आजकै भेलाले रमेश पाण्डे नेतृत्वको प्रवासी नेपाली एकता मंच अष्ट्रेलिया च्याप्टरको महासचिबमा शिशिर नेपाल र केन्द्रीय प्रवक्तामा सन्तोष दाहाललाइ चयन गरेको छ ।

प्रवासी नेपाली मंच एनएसडब्ल्यू / एसीटि इन्चार्ज केशब जोशीको अध्यक्षतामा सम्पन्न उक्त भेलाका प्रमूख आतिथ्य ग्रहण गर्न गण्डकी प्रदेशका  मूख्य मन्त्रि मनानिय पृथ्वी सुब्बा गुरुङ भिडिओ कन्फरेन्स मार्फत अनलाइनमा जोडिएका थिए ।

करिब १०० जनाको उपस्थिति रहेको कार्यकर्ता भेलामा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, प्रवासी नेपाली एकता मंचका सल्लाहाकारहरु भवानी ओली, डाक्टर बिनोद श्रेष्ठ र होम पाण्डेको उपस्थिति थियो । नेपाल कम्युनिष्ट पार्टीमा आएको फूटलाई निर्वाचन आयोगले मान्यता दिन बाँकी रहदै गर्दा यस अन्तर्गतका सम्पूर्ण जनबर्गीय संगठनमा पनि असर परेको हो । स्मरणीय छ, अष्ट्रेलिया स्थित पार्टीको भातृ संस्था प्रवासी नेपाली एकता मंच पनि दुई भागमा विभाजित भएको छ । भेलामा उपस्थित अतिथि तथा सल्लाहकारहरुले नया कार्यसमितिलाई शुभकामना दिदै राजनीतिमा विचार र धार फरक भएपनि समुदायमा आपसी भाइचरा तथा परस्पर सद्भाव कायम राख्नु पर्ने कुरामा जोड दिए ।