फर्स्ट होम बायर्सलाई कुन–कुन स्टेटमा के–कस्ता सुबिधा ?

-- शम्भु भण्डारी / प्रकाशित मिति : सोमवार, भदौ १, २०७७

अष्ट्रेलियाका सबै स्टेट तथा टेरिटोरीहरूमा सरकारले फस्र्ट होम बायर्सलाई  आ–आफ्नै तरिकाले सुबिधा दिने ब्यवस्था गरेको छ  । आफुले के कस्तो सुबिधा पाउँछु भन्ने मामिलामा सर्बप्रथम त आफूले किन्न खोजेको राज्यमा  त्यहाँको सरकारले तोकेको फर्स्ट होम बायर्सको मापदण्ड भित्र पर्नुपर्यो  । जानकारीका लागि हरेक राज्यका आ–आफ्नै आधिकारिक वेबसाइटहरु छन् र तिनै वेबसाइटहरुमा एलिजिबिलिटी क्राइटेरिया प्रष्ट उल्लेख गरिएका हुन्छन् ।

सर्वप्रथमत:  फर्स्ट होम बायर्सको सुबिधा लिनका लागि आवेदकहरु अष्ट्रेलियाको पर्मानेन्ट रेसिडेन्ट हुनुपर्छ  । र पहिलोचोटी अष्ट्रेलियामा घर किन्न लागेको हुनुपर्छ, त्यो पनि आफू बस्नलाई, भाडामा दिनलाई होइन । तर फर्स्ट होम बायर्सले पाउने केहि थप सुबिधाहरु लिनका लागि भनेचाहिँ अष्ट्रेलियन नागरिक नै हुनुपर्ने प्राबधान रहेको छ । राज्य अनुसारको मापदण्ड र प्रदान गर्ने सुबिधाहरुका बारेमा तलका केहि बुदाहरुमा प्रष्ट पार्ने प्रयास गरिएको छ  ।

न्यूसाउथवेल्स

एनएसडब्लुमा फर्स्ट होम बायर्सले भैरहेको वा ब्र्यान्ड न्यु जुनसुकै प्रोपर्टी किन्न पनि छ लाख पचास हजारसम्मको मुल्यमा सरकारलाई नामसारी गर्दा बुझाउनु पर्ने  कर (स्ट्याम्प ड्युटी) तिर्नुपर्दैन र आठ लाखभन्दा मुनिका घरहरुको स्ट्याम्प ड्युटीमा छुट पाउनेछन् । त्यस्तै जग्गा किनेर घर बनाउनेहरुले जग्गामा मात्रै स्ट्याम्प ड्युटी तिर्नुपर्ने हुँदा तीन लाख पचास हजारसम्मको जग्गामा स्ट्याम्प ड्युटी तिर्नुपर्दैन र चार लाख पचास हजारभन्दा कम मूल्य भएका जग्गामा स्ट्याम्प ड्युटीमा छुट पाउनेछन् ।

तर कोभिड–१९ को असरबाट हुन सक्ने आर्थिक संकटबाट हाउजिङ इन्डष्ट्रिलाई बचाउ गर्ने हेतुले राज्य सरकारले २०२० को अगष्ट १ देखि  २०२१ को जुलाई ३१ सम्मका लागि घरको हकमा आठ लाख सम्मको मा कर तिर्नुनपर्ने र एक मिलियन भन्दा तलको मा डिस्काउन्ट दिने भएको छ । त्यस्तै जग्गाको हकमा चार लाखसम्मको मा कर तिर्नुनपर्ने र पाँच लाखभन्दा तलकोमा डिस्काउन्ट दिने भएको छ ।

त्यस्तै यसका अतिरिक्त ६  लाखसम्मको ब्र्यान्ड न्यू घर या अपार्टमेन्ट किन्नेले फर्स्ट होम ग्रान्टको रुपमा दस हजार डलर पाउँछन् भने जग्गा किनेर घर बनाउनेले घर र जग्गाको कूल मूल्य सात लाख पचास् हजार ननाघेसम्म यो दस हजार ग्रान्ट पाउनको लागि योग्य रहन्छन् ।

भिक्टोरिया

भिक्टोरियामा फर्स्ट होम बायर्सले भैरहेको घर, ब्र्यान्ड न्यु घर या जग्गा (बस्नेगरी घर बनाउनको लागि) जुनसुकै प्रोपर्टी किनपनि डिउटीएबल मूल्य छ लाख पचास् हजारसम्मकोमा स्ट्याम्प ड्युटी तिर्नुपर्दैन र डिउटीएबल मूल्य सात लाख पचास हजारभन्दा मुनिका घरहरुको स्ट्याम्प डिउटिमा डिस्काउन्ट पाउनेछन् । डिउटीएबल मूल्य प्रायः कन्ट्र्याक्ट मूल्य नै हुनेगर्छ तर कन्ट्र्याक्टको मूल्यभन्दा मार्केट भ्यालु बढी भएको खण्डमा भने बढी भ्यालुलाई नै डिउटीएबल भ्यालु मानिन्छ् । अफ द प्लान वा कन्स्ट्रक्सनको हकमा भनेचाहिँ कूल मुल्यमा कन्स्ट्रक्सनको खर्चलाई घटाएर बाँकिको मुल्यलाई डिउटीएबल मुल्य मानिन्छ् । अफ द प्लान अपार्टमेन्ट किन्दा पनि कन्स्ट्रक्सनको मूल्य घटाएर डिउटीएबल मूल्य निर्धारण गर्ने नियम लागू हुन्छ ।

त्यस्तै सात लाख पचास हजारसम्मको ब्राण्ड न्यू घर या अपार्टमेन्ट या टाउनहाउस (बनेको पाँच वर्षभन्दा बढी नभएको) किन्नेले फर्स्ट होम ग्रान्टको  नाममा दस हजार डलर पाउँछन् । जग्गा किनेर घर बनाउनेले पनि घर र जग्गाको कूल मूल्य सात लाख पचास् हजार ननाघेसम्म यो दस हजार ग्यारेन्ट पाउनको लागि योग्य रहन्छन् । रिजनल भिक्टोरियामा भने यो फर्स्ट होम ओनर ग्रान्ट  रकम बीस हजार रहेको छ ।

क्विन्सल्याण्ड

यस राज्यमा फर्स्ट होम बायर्सले भैरहेको घर, ब्र्यान्ड न्यु घर जुनसुकै प्रोपर्टी किनपनि पाँच लाख सम्मकोमा स्ट्याम्प ड्युटी तिर्नुपर्दैन र पाँच लाख पचास हजारभन्दा मुनिका घरहरुको स्ट्याम्प ड्युटी डिस्काउन्ट पाउनेछन् । जग्गा किनेर आफु बस्नको लागि घर बनाउनेहरुले भने दुई लाख पचास हजारसम्मको जग्गामा  ड्युटी तिर्नुनपर्ने र चार लाखभन्दा कम मुल्यका जग्गाको ड्युटीमा डिस्काउन्ट पाउने नियम छ ।

फर्स्ट होम ग्रान्ट भने पन्ध्र हजार रहेको छ र प्रोपर्टी चाँही कन्स्ट्रकसन गर्न लागिएको घर, टाउन हाउस, युनिट जे भएनी हुन्छ तर ब्राण्ड न्यू हुनुपर्यो अनि सात लाख पचास हजारभन्दा बढी मुल्यको हुनु भएन । रिजनल क्विन्सल्याण्डमा माथिकै क्राइटेरियामा थप पाँच हजार ग्रान्ट पाईने नियम छ ।

साउथ अष्ट्रेलिया

यस राज्यमा पुराना मितिमा अफ द प्लान अपार्टमेन्टको कन्ट्र्याक्ट साइन गरेर कुरीरहेकालाई बाहेक फर्स्ट होम बायर्सलाई कुनै पनि किसिमको ब्र्यान्ड डिउटी छुटको नियम छैन । तर मार्केट मुल्य पाँच लाख पचहत्तर हजारसम्मका ग्रान्ट न्यू प्रोपर्टीको हकमा भने फर्स्ट होम ग्रान्ट  डलर पाउन सकिन्छ ।

टास्मेनिया

यस् राज्यमा फर्स्ट होम बायर्सले बनिसकेको पुराना या ब्र्यान्ड न्यू घर चार लाख भन्दा कम मुल्यमा किनेर ३० जून २०२२ सम्म सेट्ल गर्नसके तिर्नुपर्ने ड्युटीमा पचास प्रतिशतको छुट पाउने नियम छ । फर्स्ट होम ग्रान्ट लागि भनेचाहिँ  प्रोपर्टी बनिसकेको ब्राण्ड न्यू या कन्स्ट्रकसन गर्न लागिएको हुनुपर्यो र यसको रकम चाँहीँ  बीस हजार डलर रहेको छ । अरु राज्यमा जस्तो फर्स्ट होम ग्रान्टको  लागि प्रोपर्टी मूल्य बढीमा यतिसम्मको हुनुपर्ने छ भन्ने नियम चाँही छैन ।

एसिटि (क्यान्बेरा)

एसिटिमा आफु बस्ने घर  बनाउनको लागि किनिएको जग्गामा स्ट्याम्प ड्युटी पूर्णरुपमा छुट छ भने अफ द प्लान युनिट र टाउन हाउसको हकमा पाँच लाखसम्मको मुल्यमा स्ट्याम्प ड्युटी तिर्नुपर्दैन र सात लाख पचास हजारसम्मको मुल्यमा डिउटीमा छुट पाउने नियम छ । यस्का लागि एलिजिबल हुन फर्स्ट होम बायर्स नै हुन जरुरी छैन तर आफू बस्नको लागि हुनुपर्दछ  र कन्ट्र्याक्ट चाँही ४ जून २०२० देखि ३० जून २०२१ सम्ममा एक्सचेन्ज् भएको हुनुपर्दछ  ।  स्मरण रहोस,  १ जुलाई २०१९ भन्दा पछि कन्ट्र्याक्ट साइन गर्नेहरुलाई यो राज्यले फर्स्ट होम ओनर ग्रान्ट दिन बन्द गरेको छ ।

नर्थर्न टेरिटोरी

यस टेरिटोरीमा होम ओनर डिस्काउन्ट अन्तर्गत बनिसकेको घर या नयाँ घरको लागि चार लाख तीस हजारसम्मको मुल्यमा स्ट्याम्प ड्युटी तिर्नुनपर्दैन र ६  लाख पचास हजारसम्मको मुल्यमा डिस्काउन्टेड  रेट तिर्नुनपर्ने हुन्छ । यस्का लागी फर्स्ट होम बायर नै हुनुपर्छ भन्ने छैन तर फस्र्ट होम बायर हुनुहुन्छ र ब्राण्ड न्यू घर किन्दैहुनुहुन्छ या बनाउँदै हुनुहुन्छ भने दस हजार डलर ग्रान्ट  पनि पाउन सक्नुहुन्छ । यसका अतिरिक्त बिल्ड गर्नेहरुले (फर्स्ट होम बायर नै हुन नपर्ने तर पहिलो ६०० आवेदक संख्याभित्र पर्नुपर्ने ) बिल्ड  बोनस ग्रान्ट अन्तर्गत् ८ फेब्रुअरी २०१९ देखि थप बीस हजार डलर पाउने प्राबधान रहेको छ ।

वेस्टर्न् अष्ट्रेलिया

वेस्टर्न अष्ट्रेलियामा फर्स्ट  होम बायर्सले भैरहेको पुराना या ब्राण्ड  न्यू प्रोपर्टी किन्दा डिउटिएबल मूल्य (किनेको मुल्य र मार्केट भ्यालुमा जुन् बढी हुन्छ, त्यही) चार लाख तीस हजारसम्मको मा स्ट्याम्प ड्युटी तिर्नुपर्दैन र पाँच लाख तीस हजार भन्दा कम मूल्यका प्रोपर्टीमा डिस्काउन्टेड स्ट्याम्प ड्युटी तिर्नुपर्ने नियम छ । जग्गा किनेर आफु बस्ने घर बनाउन लागेका फर्स्ट होम बायरले चाँही डिउटिएबल मूल्य तीन लाखसम्मकोमा स्ट्याम्प ड्युटी तिर्नुपर्दैन । चार लाखभन्दा बढी मूल्य नभएका जग्गाको स्ट्याम्प ड्युटीमा डिस्काउन्ट पाउँछन् । फस्र्ट होम ग्रान्टको  रकम दस हजार छ र घर भने ब्राण्ड न्यू या जग्गा किनेर निर्माण गर्न लागिएको हुनुपर्छ । साथसाथै यो ग्रान्ट पाउनलाई साउथको २६औं प्यरालेल तिरको क्षत्रमा हो भने कूल मुल्य सात लाख पचास हजारभन्दा बढी हुनुहुन्न र नर्थको २६औं प्यरालेल् तिरको क्षत्रमा हो भने कूल मुल्य एक मिलियन नाघ्नु हुँदैन ।

यी त भए छुट्टा–छुट्टै स्टेटले आ–आफ्ना फर्स्ट होम बायर्सलाई दिएका सुबिधाहरु तर यस्का अतिरिक्त अष्ट्रेलियन फेड्रल सरकारले पनि अष्ट्रेलिया भरीका फर्स्टहोम बायर्सलाई अरु थप सुबिधा दिँदै आएको छ र ती सुबिधाहरुलाई फर्स्ट होम लोन डिपोजिट स्किम -FHLDS_ र  होम बिल्डर ग्रान्टको  नाम दिइएको छ ।

फर्स्ट होम लोन डिपोजिट स्किम अन्तर्गत २० प्रतिशत डिपोजिट हाल्न नसक्ने फर्स्ट होम बायर्सले लोन झिक्दा तिर्नुपर्ने लेन्डर मोर्टगेज इन्सुरेन्समा पूर्णरुपमा छुट पाउने सुबिधा छ । यो सुबिधा प्रतिवर्ष पहिलो दस हजार आवेदकले (फर्स्ट कम फर्स्ट सर्भको आधारमा) मात्रै पाउँदछन् । यो स्किमको लागि योग्य हुनको लागि किटान गरिएको प्रोपर्टीको अधिकतम मूल्य भने स्टेट अनुसार फरक–फरक छन् । छोटकरीमा भन्नुपर्दा देशभरीकै अधिकतम् मुल्य सात लाख जुन् चाँही न्यू साउथ वेल्सका मुख्य क्षेत्रहरुका लागि तोकिएको छ ।

फर्स्ट होम बायर्सले होम बिल्डर ग्रान्ट अन्तर्गत् पच्चीस हजार डलर ग्रान्ट बिल्डिङ कन्ट्र्याक्ट ०४ जून २०२० देखि ३१ डिसेम्बर २०२० सम्ममा साइन गरेको हुनुपर्यो र घरको कूल मुल्य सात लाख पचास हजारभन्दा बढी हुनुभएन । यो ग्रान्ट  कोरोनाको महामारीले पुर्याउनसक्ने असरबाट बिल्डिङ इन्डस्ट्रीलाई बचाउ गर्ने हेतुले मात्र ल्याईएको हुँदा अस्थाई र छोटो समयको लागि मात्रै उपलब्ध छ  । यो सुबिधाको लागि फर्स्ट होम बायर नै हुनुपर्छ भन्ने पनि छैन तर सुबिधा लिनका लागि खरिदकर्ताले आफु बस्ने प्रयोजनका लागि किनेको हुनु पर्ने छ  ।

अरु एलिजिबिलिटी क्राइटेरियाहरु त छँदैछन तर ति मध्य यि दुई सुबिधाहरु (-FHLDS र होम बिल्ड ग्रान्ट) का निम्ति भने अष्ट्रेलियन सिटिजन हुन अनिवार्य छ । यी सबै सुबिधाहरुको लागि तोकिएको योग्यता सम्बन्धि पूरा जानकारी सम्बन्धित राज्यको आधिकारिक वेबसाईटमा उल्लेख छन् र त्यसैलाई नै आधार मानिनुपर्छ ।

कोरोनाको  कहरका कारण  यतिबेला प्रोपर्टी मार्केट त्यति peak मा छैन  । कोभिड –१९ फर्स्ट होम बायर्सहरुका लागि यो एउटा अवसर हुन सक्छ  । त्यसका अतिरिक्त बिभिन्न किसिमको सुबिधा पनि भएकाले फर्स्टहोम बायर्सले यतिबेला आफू बस्नको लागि एउटा प्रोपर्टी लिनु दीर्घकालका लागि जिम्मेवारीपूर्ण निर्णय हुन सक्छ ।  एउटा प्रोफेशनल तथा अनुभबी मोर्ट्गेज ब्रोकरलाई सम्पर्क गरेर उचित परामर्श लिएर तपाईको ड्रिम होम योजना सुरु गर्नु भएमा राम्रो हुने छ ।

(Disclaimer: Content in this article is for general information only and it does not constitute personal, financial or other professional advice. The writer does not accept any liability for any loss or damage incurred from the decision made based on this article)