महामहिम राजदुतद्वारा न्युजिल्याण्डका लागि ओहोदाको प्रमाणपत्र प्रस्तुत

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन १५, २०७७
अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महामहिम राजदूत महेशराज दाहालले न्युजिल्याण्डका लागि नेपालका गैरआवासीय राजदूतको रुपमा हालै  न्युजिल्यान्ड्का गभर्नर जनरल पाट्सी रेडीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
क्यान्बेरास्थित नेपाली राजदूतको कार्यालयले एक प्रेस वक्तव्य जारी गरि कोभिड-१९ को अहिलेको विषम परिस्थितिमा राजदूत दाहालले कम्युटर प्रबिधि मार्फत ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको बताएको छ । दुताबासले दिएको जानकारी अनुसार उक्त कार्यक्रम वेलिङ्टनस्थित सरकारी निवासमा भर्चुवल प्रबिधि मार्फत आयोजना गरिएको थियो। नेपाल र न्युजिल्याण्डबीच गहिरो मित्रता रहेको बताउदै उक्त अबसरमा महामहिम राजदूत दाहालले नेपालका राष्ट्रपति  र प्रधानमन्त्रीको न्युजिल्याण्ड  का जनता र सरकारलाई पठाएको सन्देश, कोरना महामारीमा रोकथाममा न्युजिल्याण्डले पाएको सफलताको लागि शुभकामना पनि व्यक्त गरेको बक्तब्यमा जनाइएको छ।
ओहोदाको प्रमाणपत्र बुझ्दै न्युजिल्याण्डकी गभर्नर जनरल रेडीले नेपाली जनता, रास्ट्रपति र प्रधानमन्त्रीको स्वास्थ्यको कामना गर्नुका साथै राजदूत दाहालको सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।  सन् १९५३ को मे २९ मा र नेपालका तेञ्जिङ्ग शेर्पा र न्युजिल्याण्डका एड्मन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला राखेका थिए तत् पश्चात न्युजिल्याण्ड संग  मे २६   १९६१ देखि नेपालको कूटनीतिक सम्बन्ध स्थापित भई आज सम्म पनि सरकारी र जनस्तरमा पनि बिशेष प्रकारको सम्बन्ध छ।  न्युजिल्याण्ड बाहेक फिजी, पपुवा न्युगिनीजस्ता ओसियाना क्षेत्रका अन्य राष्ट्रहरु संग पनि गैर आवासीय राजदुतको रुपमा नेपालसँगको कूटनीतिक सम्बन्धका लागि प्रतिनिधित्व गर्छन्।