मेरा बा कवि हुन

-- गोविन्द लम्साल / प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७

मेरा बा कवि हुन
उनले कालो पाटिमा सेतो चकले त लेखेनन्
धुलेटोमा चोर औलाले कोरेका धर्साहरुले पनि
कुनै बर्णमाला बनेनन्
खोरीया खन्दा खन्दै
खोरीया जस्तै खस्रा हातले
मैले बुज्ने भएदेखिनै
लौरो जस्तै धर्सा तानीरहे……।………।……

त्यहि सिधा धर्सोलाई
झोला बोकेर स्कुल जानुपूर्वनै
१ (एक) भनेर जाने
त्यस पछिनै यो संसारमा बाबा र ईश्वर
एउटै हुनुहुन्छ भनेर बुझेको हुँ ।

जब क ख रा गर्न थाले
बाबाको सिधा धर्सोले
क लाई का बनाईदियो – काका भन्नथाले
म लाई मा बनाईदियो – मामा लेख्नथाले
प लाई पा बनाईदियो – पापा खानथाले

बा को एकलौरे कविता ।….।….।….
मैले बारम्बार कण्ठगरे
मलाई बर्णमाला भित्र
चाचा, पापा, आमा

उनैका कविताले दिएका हुन ।

स्कुल जान थालेपछि
बाबाले त्यहि धर्साे देखाउदै भन्नुभयो
बाबु रोल नं. १ हुनुपर्छ
१ भनेको स्वाभिमान हो
१ दुई (२) जस्तो बाङ्गीदैन
३ जस्तो गुज्मुजीदैनपनि

१ आफैमा स्वतन्त्र हुन्छ ।

जब अंग्रेजी पढ्न थाले
बाबाको एक लौरे कविता त अलि तल झरेछ क्ष् (आई)बनेछ ।
पढदै गर्दा बुझे
क्ष् भनेको म रहेछ
म माथि बाबाको कविता जोडदा मा बन्दोरहेछ ।
जसको अगाडि आ थप्दा आमा बन्दोरहेछ ।

मेरा बा कवि हुन
उनी हरेकदिन मलाई टिका लगाईदिदा
उनको लौरो ।……।….।……।
देखाउदै भन्नुहुन्छ
बाबु मनलाई ठूलो बनायो भने मान पाईन्छ ।