मे ३१ सम्म रोकियो अन्तर्राष्ट्रिय हवाई उडान

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, बैशाख २९, २०७८

काठमाडौं- नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध मे ३१ सम्म लम्बिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिनुभएको हो ।

यसबारे उहाँले सबै वायुसेवा कम्पनीलाई जानकारी गराउनुभएको छ ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर सरकारले मे ३१ सम्म पुर्‍याइएको हो ।

यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।