मोनाले शनिबार तीज मनाउँदै, लालीसहितका कलाकार सिड्नीमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६
सिड्नीः म्याग्दी प्रवासी नेपाली संघ (मोना)  अष्ट्रेलियाले शनिबार हिन्दु महिलाहरुको महान पर्व तीज मनाउँदै छ । नेपमार्टसँगको संयुक्त आयोजनामा शनिबार साँझ ६ बजेदेखि सिड्नीको रक्डेलस्थित इन्द्रेणी पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको मोना अष्टेलियाका अध्यक्ष मुक्ति रोकाले बताए । ‘कलाकारहरुको आगमन भइसकेको छ,‘सबै म्याग्देलीलाई उपस्थितीका लागि अनुरोध छ’ रोकाले भने । उनले जन्मभूमिमै तीज पर्वको झल्को दिलाउने गरी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । विषेश सांगितिक कार्यक्रममा लोकप्रिय लोक गायिका लाली बुढाथोकी, मिना गर्बुजा र दिपा गुरुङको मुख्य प्रस्तुती रहने छ भने अन्य कलाकारहरुले समेत प्रस्तुती दिनेछन् ।
तीनजना पछिल्लो समय लोकप्रिय गायिकाको रुपमा चिनिन्छन् ।यूरोपदेखि विभिन्न देशमा पुगेर आफ्नो प्रस्तुती दिइसकेकी बुढाथोकी सहित तीनैजना कलाकार म्याग्दीबाट अष्टेलियामा पु¥याएर तीज कार्यक्रमलाई भब्य बनाउन प्रयास गरिएको आयोजकले जनाएको छ ।एकैपटक मोना र नेपमार्टको सक्रियतामा तीनैजना म्याग्देली कलाकार पुगेको यो पहिलो कार्यक्रम भएको आयोजकले जनाएको छ । नेपाली मौलिक कलासंस्कृतिलाई जोगाउन र पर्वको महत्वका बारेमा विदेशीले समेत नजिकबाट नियाल्न सघाउने आयोजक नेपमार्टकी सञ्चालिका न्यान्सी पुनले बताईन् । नेपामार्टले विगतमा समेत भलिबल सहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।