यो हप्ता COVID-19 को नि:शुल्क परीक्षण बरउडमा हुदै ।

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ १६, २०७७

सिड्नी स्थानीय स्वास्थ्य जील्लाले यस हप्ता बरउड पार्कमा COVID-19 परीक्षण प्रदान गर्ने भएको छ ।

स्थानीय स्वास्थ्य जील्ला, सार्वजनिक  स्वास्थ्य, सिड्नीका  कार्यकारी क्लिनिकल निर्देशक, डा. जीना नज्जरका अनुसार  सकेसम्म धेरै भन्दा धेरै व्यक्तिहरूलाई COVID-19 को जांच  गरी निश्चित हुन सबै काम भइरहेको जानकारी दिएका छन् ।

उनि भन्छिन , “मानिसहरूलाई परीक्षण गर्नको लागि अधिक सजिलो  स्थानहरू पत्ता लगाउन हामी हाम्रो समुदाएको साथ काम गरि रहेका छौ र यो पप-अप सिभिर बरउड पार्कमा सबैको लागि सुविधाजनक  स्थानमा छ ।”

यो सिभिर 2 Comer St, Burwood Park मा छ । यो बिहिबार, शुक्रवार र शनिबार बिहान १० देखि दिउसो ३ सम्म चल्नेछ। यो सिभिर बिहिबार ३ सेप्टेम्बर शनिबार  ५ सेप्टेम्बर २०२० सम्म चल्नेछ।

“त्यसकारण यदि तपाई, तपाईको बच्चाहरु वा आफन्तहरु लाई केहि लक्षण भएमा, जस्तै  घााँटी दुख्ने, खोकी, ज्वरो, नाकबाट पानी आउने, स्वास फेर्न  गाह्रो वा  रुघा जस्तो देखिएमा कृपया जतिसक्दो  चााँडो जांच गराउनुहोस् ” – निर्देशक डा. जिना नज्जर ।

“परीक्षण निशुल्क हो – र तपाईलाई डाक्टरको चिकित्सा सिफारिस, मेडीकेयर कार्ड आवस्यक पर्दैन। यो एक सरल र छिटो परीक्षण हो।”