रुद्र शेखरको गीतमा आयुष र अनु

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, माघ १६, २०७४

काठमाडौं– अमेरिकामा बसोबास गरिरहेका गायक रुद्र शेखर शर्माले केही दिनअघि काठमाडौंमा आफ्नो पहिलो एकल एल्बम रुपम सार्वजनिक गरेका थिए । उक्त एल्बममा गायक शर्माको एकल स्वर, गीतकार विपिन किरणका एकल शब्द तथा संगीतकार नारायण सुवेदी आभाषका एकल संगीत समावेश गरिएको छ । एल्बम सार्वजनिक भएको केही दिनपछि नै गायक शर्माले सोही एल्बममा समावेश गरिएको पहिलो गीत ‘दुख्दिन म…’ को म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् ।
उक्त गीतमा विपिन किरणका कर्णप्रीय शब्दहरुको उक्त गीतलाई नारायण सुवेदी आभासले संगीतबद्ध गरेका छन् । सुगम संगीतमा आधारित आधुनिक शैलीको उक्त गीतमा संगीतकर्मी किरण कँडेलको संगीत संयोजन छ ।
गायक रुद्र शेखर शर्मा तथा किरण क्रिएसनको प्रस्तुतीमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि निर्देशक भण्डारीद्वारा निर्देशित यो पहिलो म्युजिक भिडियो हो । रोमान्टिक शैली प्रदान गरिएको भिडियोमा चलचित्रका अभिनेता आयुष रिजाल तथा अभिनेत्री अनु शाहले अभिनय गरेका छन् । अर्जुन तिवारी तथा टिमले यो म्युजिक भिडियो छायांकन गरेको हो । निशान घिमिरे उक्त म्युजिक भिडियोका सम्पादक हुन् ।

यस्तो छ दुख्दिन म को म्युजिक भिडियो