सिड्नीमा नेपाली बिधार्थीको पौडी खेल्ने क्रममा दुखद निधन 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, पुस २७, २०७७
उच्च शिक्षा अध्ययानको सपना बोकेर करिब डेढ बर्ष अगाडी अष्ट्रेलिया आएका २४ बर्षीय सचेत बिमलीको  पौडी खेल्ने क्रममा पानिमा डुबेर मृत्यु भएको छ । गत ४ जनवरीको दिन सिड्नीको रोयल नेशनल पार्कमा रहेको वाटरमल्ला विचमा पौडी खेल्न डाइभ गर्दा डुबेर उनको मृत्यु हुन गएको थियो।  सिड्नीमा आफ्नो दिदिको साथ बसोबास गर्दै आइरहेका सचेत साथीहरु संग रमाइलोको लागि उक्त ठाउँ पुगेको थिए । डाइभ गर्नासाथ पानीबाट निस्कन नसकेका उनलाई पुलिस, प्यारामेडिक्स लगायतको टोली घटना घटेको एक घण्टा पछाडी मात्र उद्दार गरेको थियो तर त्यति बेला ज्यान गुमाइसकेका थिए । सिड्नीको मकवारी युनिभर्सिटीमा आइटीमा मास्टर्स डिग्री पढ्दै गरि रहेका सचेतको पुख्यौली घर झापा भएको र उनको शबलाई परिवारको अनुरोधमा नेपाल पठाउने पनि सचेतका यहाँ रहेका नातेदारले बताएका छन् ।
नेपाली बिधार्थी र नवआगन्तुकहरु लाई सुरक्षित पौडी र पानी सम्बन्धि सतर्कताको अभाबले यस अगाडी पनि यस प्रकारका निक्कै घटना घटीसकेका छन् ।  यस्ता घटना नदोहोरियोस् भनेर समुदायमा बिभिन्न खाले सचेतना सम्बन्धि कार्यक्रमहरु हुदै आए पनि घटना हुने क्रम नरोकिनु निकै दुखद पक्ष रहेको छ।