सुवास नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने निर्णय

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले सुवास नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिना निलम्बनको निर्णय गरेको छ ।

यसअघि प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ ।

निलम्बन गरिएकामध्ये नेम्वाङ नेकपा संसदीय दलको उपनेता, चौधरी सचेतक तथा भट्टराई प्रधानमन्त्री ओलीले हालै नियुक्त गर्नु भएको मुख्य सचेतक हुनुहुन्छ ।