हिमानी कोषको अष्ट्रेलिया च्याप्टर स्थापना  

अन्जना कार्की बस्नेत अध्यक्षमा चयन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, पुस २७, २०७७
नेपालमा बिभिन्न सामाजिक एवम परोपकारी कार्यमा सक्रिय हिमानी कोषको अन्तराष्ट्रिय च्याप्टर बिस्तार गर्ने क्रममा पहिलो च्याप्टरको रुपमा अष्ट्रेलियामा शाखा गठन भएको छ । २०१० मा स्थापना भएर सक्रिय रहेको कोषले हाल नेपालमा ठुलो संख्यामा स्वयम्सेवीहरु परिचालित भइ बिबिध सामाजिक एबम परोपकारी कार्यहरु गर्दै आएको यस कोषको नेतृत्व स्थापना काल देखि हाल सम्म नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले गरिरहनु भएको छ।
गत ९ जनवरी २०२० का दिन सिड्नीमा समुदायका सदस्यहरु, संघ संस्थाका प्रतिनिधिहरु र हिमानी कोषका शुभचिन्तकहरु को एक भेलाले संस्थाको समुद्घाटन संगै अन्जना कार्की बस्नेतको अध्यक्षतामा कोषको अष्ट्रेलिया च्याप्टरको घोषणा गरेको छ । कोषको  महासचिवमा समिम अनवर, कोषाध्यक्षमा प्रगति राणा र प्रबक्त्तामा रेश्मा थापा, पब्लीक अफीसरमा राम खत्री, सदस्यहरुमा रचना बानियाँ, ऋषिकेश न्यौपाने, अनु पाण्डे, दिपक गौतम, कमला बस्नेत र ईश्वर गिरि रहेका छन् । त्यसैगरी भेलाले कोषको सल्लाहकारहरु मा डा. शम्सेरसिंह थापा, दिनेश कुमार पोखरेल, डा रामकृष्ण निरौला, डिला खरेल, स्वतन्त्र प्रताप शाह र भोमादेवी लिम्बुलाई सर्ब सम्मत चयन गरेको छ।
कार्यक्रममा कोषकी प्रमुख संस्थापक  हिमानी शाहले  भिडियो सन्देशमार्फत प्रबाशमा समेत हिमानी कोष विस्तार गर्न लागिएको र यसको पहिलो शुरुवात अष्ट्रेलिया बाट भएकोमा अष्ट्रेलियामा रहेका सबैलाई धन्यवाद दिदै निस्वार्थ यसमा आबद्द समितिका सबैलाई धन्यवाद व्यक्त गरेकी छन ।  यसै गरि कार्यक्रममा उपस्थिति अतिथीहरु ले संस्था शुरुवातीको शुभकामना दिदै उदेश्य प्राप्तिका लागि सफलताको शुभकामना व्यक्त गरेका थिए ।  सो कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरूङ, प्रवक्ता नन्द गुरुङ,  कोषाध्यक्ष अनिल पोखरेल, नेपाल अस्ट्रेलिया डेमोक्रयाटीक फोरमका अध्यक्ष सुरेन्द्र सापकोटा लगाएतका समुदायका अग्रजहरुको उपस्थिति थियो।
 कोषकी नवनिर्बाचित अध्यक्ष अन्जना कार्की बस्नेतले बिशुद्द समाजसेवा र परोपकारी संस्थाको सरुवात गर्न पाएकोमा प्रसन्न ब्यक्त्त गर्दै यसमा साथ सहयोग गर्ने समितिका सबै, समुदायका सबै अग्रज र शुभचिन्तकहरु लाई धन्यबाद व्यक्त गरिन।  बस्नेतका अनुसार उनि आफु २०१२ साल देखि नै यो कोषको अभियनमा बिभिन्न किसिमले आबद्द हुदै आएकी थिइन्।  द नेपाली टाईम्स संगको कुराकानीमा  अध्यक्ष बस्नेतले अष्ट्रेलियामा रहेका राष्ट्रप्रेमी सबै दाजुभाई, दिदि बैनीहरु संग सम्बन्ध सम्पर्क बढाएर नेपालमा बिभिन्न परोपकारी कार्य,हरु गर्ने संस्थाको मूल उदेश्य रहेको र यसमा कतै केहि र कहिल्यै पनि कुनै राजनीतिक गन्ध नरहने बताइन।