हिमालको ‘लाएको माया’ मा वैदेशिक रोजगारीको पीडा

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ १८, २०७४

काठमाडौं– गायक हिमाल श्रेष्ठको स्वरको नयाँ गीत ‘लाएको माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको छ ।
सत्य घटनामा आधारित भनिएको म्युजिक भिडियोले वैदेशिक रोजगारी जाने श्रीमान् तथा श्रीमतीको पीडा तथा समस्यालाई चित्रण गरेको छ ।
नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीतको उक्त गीत आधुनिक शैलीको छ । ‘हे साईँली…’ उपशीर्षक राखिएको उक्त गीतमा रप्रवीण श्रेष्ठको संगीत संयोजन छ ।
एक्सेल इन्टरटेन्मेन्ट यूकेद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । विदुर पाण्डेद्वारा छायांकन गरिएको म्युजिक भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन् । महादीप श्रेष्ठ तथा प्रतीक श्रेष्ठ निर्माता रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

यस्तो छ लाएको माया…को म्युजिक भिडियो