२४ घण्टामा ५९ संक्रमितको दुखद निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ २७, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १५ हजार २ सय ३८ (९९०१ जनाको पीसीआर तथा ५३३७ को एन्टिजेन) जनाको परीक्षण गरिएकोमा पीसीआरतर्फ २८ सय ७४ तथा एन्टिजेनतर्फ ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ५९ जना संक्रमितको दुखद निधन भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैबीच नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेहरको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।