-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७

यस्ता छन् गुगलका केही रमाइला ट्रिक

गुगल विश्वकै नम्बर सर्च इन्जिन हो । आज हामी कुनै पनि विषयका बारेमा जानकारी प्राप्त गर्नका लागि गुगलकै प्रयोग गर्छौं । गुगलमा हामीले खोजेका प्राय: सबै विषयवस्तुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यसैबीच, गुगलका केही रमाइला ट्रिकका बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ । गुगलका ती रमाइला ट्रिक्सबारे जानकारी लिँदा जो कोहिलाई रमाइलो लाग्न सक्छ । यस्ता छन् केही ट्रिक्स :

Barrel Roll

गुगलमा Barrel Roll लेखेर सर्च गरियो भने धेरै वटा लिंक आउने छन् । यीमध्ये पहिलो लिङ्कलाई ओपन गर्नु पर्छ, हाम्रो कम्प्युटरको स्क्रिन ३६० डिग्री घुम्नेछ । त्यसपछि तपाईंले जति अंक राख्नु हुन्छ, स्क्रिन त्यति नै पटक घुम्ने छ ।

Askew Tilt

गुगलमा Askew Tilt लेखेर सर्च गरियो भने स्क्रिनमा थुप्रै लिङ्क आउनेछ । यीमध्ये पहिलो लिंकलाई ओपन गरियो भने हाम्रो स्क्रिन टेढो हुन्छ ।

Festivus

गुगलमा Festivus लेखेर सर्च गर्दा  स्क्रिनको बायाँतर्फ एल्युमिनियमको पोल देखिनेछ, जुन साधारणतया अन्य कुरा लेखेर सर्च गर्दा देखिंदैन ।

Festivus

गुगलमा Festivus लेखेर सर्च गर्दा धेरै वटा लिङ्क आउनेछन् । यीमध्ये पहिलो लिंकलाई ओपन गर्दा स्क्रिनमा थुप्रै रङ्गका रिङ्ग माथिबाट तलतर्फ खस्नेछ र बिस्तारै –बिस्तारै स्क्रिनमा जे लेखिएको छ, त्यो डिलिट हुनेछ ।