शिब परियारले बिल्कुलै फरक शैलीमा श्वेतालाई ‘लाग्यो रे …  ‘ भने पछि 

(इमेज भिडियो सहित )
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६
नफूल्न पाउने माया,
नझुल्न पाउने माया,
अनायासै मुटु दुखाई आकाश छुन लाग्यो रे…….
नेपाली संगीतका कर्णप्रिय एबं भर्सटाइल गायक शिव परियारले मिठा शब्दलाई फरक स्वादमा लिपिबद्द गर्न सिपालु गीतकार तथा कवि श्वेता मैनालीका शब्दहरु लाई फरक शैलीमा “लाग्यो रे …  ” बोलको गीत मार्फत आफ्ना श्रोताहरु सामु पस्केका छन् । श्रीलंकन संगीतकार चामाथ संगीथको फरक स्वादको संगीत अनि अर्का श्रीलंकन युवा रयापर ईजी को पश्चिमा शैलीको अंग्रेजी रायपको एकदमै भिन्न प्रस्तुतिमा यो गीत हाल ईमेज भिडियो सहित युट्युबबाट रिलिज भइ सकेको छ।
यस अगाडी चर्चित गीतहरु  ‘बर्षौं भो छोडेको’ र  ‘नभेटी नभेटी’ लाई श्रोताहरु ले अत्यधिक मन पराउनु भए संग थप उत्साहा सहित यो गीतको रचना गरेको पनि श्वेता मैनालीले द नेपाली टाईम्स अष्ट्रेलिया संग बताईन। शब्दका मर्मलाई एकदम नजिकबाट बुझेर सोहि अनुसार स्वरले जिबन्तता दिने गयक परियारले यस गीतलाई पनि एकदमै महेनतका साथ सबै उमेर समुहकाले मन पराउने किसिमबाट गाएको पनि मैनालीले बताईन । अष्ट्रेलियालाई कर्मभुमि रोजेकी प्रतिभाकी खानि श्वेताले यो गीत सार्बजनिक हुनु केहि समय अगाडी मात्र आफ्नो सोसियल मिडिया मार्फत शिव परियार जस्तो गयाकको स्वरमा आफ्ना शब्दहरुले सधै जीवन्तता पाउनु निक्कै सुखद रहेको बताएकी थिइन् ।
इमेज भिडियोको लागि: