रीमाको घाँटी भन्दा तल के खोज्दैछन् गायक आर्जन पाण्डे

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६

काठमाडौं– गायक आर्जन पाण्डेको स्वरमा एउटा रमाइलो शैलीको पप गीत ‘घाँटी भन्दा तल…’ सार्वजनिक भएको छ ।  उक्त गीतको रमाइलो म्युजिक भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा तथा गायक पाण्डेले अभिनय गरेका छन् ।

प्रतिक पौडेलको शब्द तथा संगीत निर्देशनको उक्त गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् । रोचक शैलीको म्युजिक भिडियोमा गायक पाण्डेलाई अभिनेत्री रीमा विश्वकर्माले साथ दिएकी छिन् । साइन्स फिक्सन शैलीको उक्त भिडियोमा अभिनेताको रुपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेम भित्र प्रवेश गरेपछि विकसित भएका घटना क्रमलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका छन् । भिडियोका छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन् ।

अघिल्लो वर्ष गायिका ईन्दिरा जोशीसंगको यूगल गीत ‘रेमिलाई…’ को सफलतापछि उत्साहित भएका गायक पाण्डेले त्यसपछि गायिका मेलिना राईसंग गरेको ‘झिमिक्कै परेली…’ लाई पनि दर्शक तथा स्रोताले मन पराएका थिए ।

‘घाँटी भन्दा तल…’ गीत पप तथा ज्याज शैलीमा आधारित छ । गायक पाण्डेका अनुसार भिडियोलाई रोचक बनाउन केही ट्रिकहरु प्रयोग गरिएको छ । गायक पाण्डेले उक्त भिडियो युवापुस्ताको रोजाइमा पर्न सक्ने अनुमान गरेका छन् ।

यस्तो छ भिडियो