सफल भए दुई फिल्म

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६

शिवरात्रीको अवसर पारेर फेब्रअरी २१ का दिनदेखि प्रदर्शन भएका दुई नेपाली फिल्महरु सेन्टी भाइरस तथा आमाले व्यवसायिक सफलता हासिल गरेका छन् । लामो समयपछि सिनेमा हलमा नेपाली फिल्म हेर्नका लागि दर्शकहरुको भिँड लागेको देखिएको छ । व्यवसायिक रुपमा आमाको तुलनामा सेन्टि भाइरस अघि बढेको छ । यद्यपि, समीक्षकहरुले भने आमालाई उत्कृष्ट भनेका छन् । सिनेमा हलमा नेपाली फिल्म हेर्ने दर्शकको संख्या निकै न्यून भैरहेको बेला यी दुई फिल्मले आशा जगाएका हुन् । धुमुश–सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरेले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउने उदेश्ले निर्माण गरिएको फिल्म हो सेन्टि भाइरस । यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । फिल्ममा सिताराम, कुञ्जनाको साथमा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई आदि कलाकारले अभिनय गरेका छन् । दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘आमा’ मा भने भावनात्मक सम्बन्धलाई मुख्य विषयवस्तु बनाइएको छ । यो फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।