दुई अभिनेत्रीको विवाह

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६

अभिनेत्रीद्वय प्रियंका कार्की तथा आँचल शर्माले वैवाहिक जीवन प्रारम्भ गरेका छन् । अभिनेत्री प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसंग फेब्रअरी २८ का दिन लगनगाँठो कसेकी हुन् । अभिनेत्री आँचल शर्माले भने चिकित्सक उदिप श्रेष्ठसंग फेब्रअुरी २५ का दिन इन्गेज्मेन्ट गरिसकेकी छिन् । उनीहरुले मार्च १२ का दिन विवाह गर्ने निश्चित गरेका छन् । प्रियंका र आयुष्मान करिव तीन वर्षदेखि प्रेमि–प्रेमिकाको रुपमा रहेका थिए भने आँचल र उदिप पनि करिव दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । दुबै अभिनेत्रीहरुले विवाहपछि पनि फिल्मको अभिनयलाई निरन्तरता दिने घोषणा गरिसकेका छन् ।