अभिनेत्रीको गायन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६

वैवाहिक जीवनमा बाँधिएपछि फिल्ममा नदेखिएकी अभिनेत्री अशिष्मा नकर्मी गायिकाको रुपमा उदाएकी छिन् । उनले गाएको गीत ‘कोही भन्छन् मलाई स्वर्गकी परी….’ को म्युजिक भिडियो समेत निर्माण गरिएको छ । सन्तोष श्रेष्ठको संगीत निर्देशनको उक्त गीतका शब्दहरु शान्तिप्रियले रचना गरेका हुन् । आधुनिक शैलीको उक्त गीतमा अभिनेत्री नकर्मी निकै सुरिलो सुनिएकी छिन् । अभिनयबाट केही वर्षको विश्राम लिएपछि गायिकाको रुपमा उदाएकी नकर्मीले भविष्यमा गायन र अभिनयमध्ये कुन विधालाई निरन्तरता दिने हुन्, हेर्न बाँकी नै छ । उक्त गीतको म्युजिक भिडियो निकट भविष्यमा यूट्युबमा उपलब्ध हुनेछ ।