प्रेमगीत–३ को गीत

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६

नयाँ वर्ष २०७७ को पूर्व सन्ध्यामा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत–३’ को नयाँ गीत सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको शीर्षक गीतमा गायक प्रताप दास तथा गायिका प्रविशा अधिकारीको स्वर छ । एलिश कार्कीको संगीत निर्देशनको उक्त गीतका शब्दहरु राजेशकुमार श्रेष्ठले रचना गरेका हुन् । उक्त गीतमा फिल्मका मुख्इ कलाकार प्रदीप खड्का तथा कृष्टिना गुरुङलाई चित्रण गरिएको छ । उक्त गीतमा प्रदीप र कृष्टिनाको अंकुराउँदै गरेको प्रेमलाई दर्शाइएको छ । गीतमा बाल कलाकारहरु अनुभव रेग्मी तथा सम्बृद्धि शाही ठकुरीलाई पनि प्रस्तुत गरिएको छ । फिल्ममा उनीहरु चार जनासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत आदि कलाकारले अभिनय गरेका छन् ।