सुनिल मास्केको संगीत निर्देशनमा अर्जुनरत्नको ‘काजल…'(भिडियो)

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार १९, २०७७

 

काठमाडौं– गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित नयाँ गीत ‘काजल…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ ।

गायक लामा युवा पुस्तामा लोकप्रिय मानिन्छन् ।

शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको
मन जितेको ।

गीतले पाएका प्रतिक्रियाहरुले यसका सर्जकहरु उत्साहित भएका छन् ।

उक्त गीतमा सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् ।

ए वान म्युजिसियनका किशोर थापाले गीतलाई मिक्स तथा मास्टर गरेका हुन् ।

गीतको म्युजिक भिडियोले पनि उत्तिकै प्रशंसा पाएको छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् ।

लोमस पौडेलको सहायक निर्देशनको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

यस्तो छ भिडियो