गोरखा समाज अष्ट्रेलियाको चौथो साधारण सभा सम्पन्न 

प्रकाश बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८
नेपालको गोरखा जिल्लाबाटअष्ट्रेलिया आइ बिभिन्न पेशा, ब्यबसाय र अध्यानमा रहेका गोर्खालीहरू बिच आपसी सद्धभाब र भाईचारा अभिबृद्धि गर्ने उद्देश्यका साथ स्थापित गोरखा समाज अष्ट्रेलियाको चौथो साधरण सभा गत २४ अप्रिल (बैशाख ११) का दिन सिड्नीको मेरील्याण्डमा सम्पन्न भएको छ । नव वर्ष २०७८ सालको अवसर पारेर सम्पन्न शुभकामना साँझ कार्यक्रम सहित संस्थाको चौंथो साधारण सभाले प्रकाश बस्ताकोटीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन समेत गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिमा योगेन्द्र जोशी, सचिबमा रितु श्रेष्ठ, कोषाध्यक्षमा राजु पोखरेल तथा सहकोषाध्यक्ष्यमा कृष्ण भट्ट चयन भएका छन् ।  कार्यसमितिका सदस्यहरुमा  ईश्वर दाहाल, दिनेश श्रेष्ठ, सुरेन्द्र दबाडी, हरि मल्ल, राधा ढकाल, रञ्जन देवकोटा, सन्तोष तिवारी, रञ्जित वन्त, सञ्जिव अम्गाई, गणेश भट्ट, रमिला पोखरेल, सुजन श्रेष्ठ, अञ्जन श्रेष्ठ, प्रेम खड्का र सञ्जिव खत्री चुनिएका छन् भने  संस्थाले प्रबक्ताको जिम्मवारी रंजित वन्तलाई दिएको छ।
संस्थाका निवर्तमान अध्यक्ष त्रिलोचन पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्का प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहून्थ्यो भने अतिथिको रुपमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंग, सिड्नी साउथ वेस्ट नेपाली अध्यक्ष डा. देवेन्द्र सापकोटा लगायत  विविध नेपाली संस्थाको प्रतिनिधिहरु उपस्थित थियो।
सपथ ग्रहण संगै गोरखा समाज अष्ट्रेलियाका नव निर्वाचित अध्यक्ष प्रकास वस्ताकोटीले अस्ट्रेलियामा बसोबास गर्ने गोरखालीहरु लाई अझ एकीकृत गर्दै संस्थाको विस्तार तथा नयाँ कार्यक्रमहरुमा जोड दिने बताए ।आफ़्नो भनाई राख़दै गोरखा समाज अस्ट्रेलिया भोलिको दिनमा पनि गोरखा तथा समग्र नेपालसंग सदा सर्वदा नजिकमा रहेर काम गर्ने प्रतिबद्दता बयक्त गरे। कार्यक्रममा अतिथिहरुले नबनिर्बाचित कार्यसमितिलाई बधाई दिदै कार्य सफलताको शुभकामना दिएका थिए।
‘गोरखा समाज अष्ट्रेलिया सन २०१४ देखी नै अस्ट्रेलियामा बसोवास गर्नूहुने गोरखालीहरु मिलेर देखी संचालित संस्था हो । यस संस्थाले केही वर्ष यता श्रीमतभागवत् महापुराण- सप्ताह तथा गाईजात्रा जस्ता अस्ट्रेलियामा सफल र  उत्कृष्ट कार्यक्रमहरूको नेतृत्व गर्दै आएको छ।