मन्त्री अधिकारीको शवलाई श्रीमती र छोराहरुले दिए दागवत्ति

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५

पोखरा- ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको छ।

अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई र छोरा विराज र स्वराज अधिकारीले दागबत्ति दिएका हुन्।

यसअघि पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभा गरिएको थियो। शवयात्रा नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म पुगेको थियो।

अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारिक तयारी छ। काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुने बताइएको छ।