महिला साफ च्याम्पियनसीपमा भारतसँग नेपाल पराजित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५

विराटनगर- विराटनगरमा जारी पाँचौ महिला साफ फुटबल च्याम्पियनिसपको फाइनलमा भारतसँग नेपाल पराजित भएको छ ।

खेलको पहिलो हाफमा १–१ को बराबरीमा समेटिएको खेल द्रोस्रो हाफमा पनि थप रोमाञ्चक भएको थियो । सुरुदेखिनै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर भने खेर फाल्यो। तर भारतले भने दोस्रो हाल्फमा थप दुई गोल गर्दै उपाधी विजेता बनेको हो ।

नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल पाँच संस्करणमध्ये चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेल्दै छ ।
यसअघि लगातार चार पटक भारतले नै उपाधि जितेको थियो ।