गुठी विधेयक विरुद्ध माइतीघरमा उर्लियो मानव सागर

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार ४, २०७६

काठमाडौं – चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयक विरुद्ध गुठीयारहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंका विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु माइती घर मण्डलामा जम्मा भएका छन् ।

असन, पाटन तथा बसन्तपुर लगायतका क्षेत्रबाट ठूलो संख्यामा आएको मानिसहरू माइती घरमा उलिएका हुन् ।

प्रदर्शनकारीले ‘गुठी विधेयक खारेज गर’,जस्ता नारा लगाएका छन् ।

प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ ।