गजल मुशायरा २०१९ सेप्टेम्बर ८  मा हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन २०, २०७६
बिगतका पाँच गजल मुशायराको सफल शृंखला पश्चात यो साल पनि सिड्नीमा चर्चीत गजल कार्यक्रम  ‘गजल मुशायरा – २०१९’ को आयोजना गरिएको छ । गजल मुशायरा परिवारको आयोजनामा हुन लागेको यस कार्यक्रम आगामी सेप्टेम्बर ८ का दिन दिउसो ३ बजे देखि  सिड्नी हर्स्टभिलस्थित सिभिक थिएटरमा आयोजना हुँदैछ ।
गजलको एउटा सम्पूर्ण कार्यक्रम यस कार्यक्रममा अस्ट्रेलियामा रहेका २३ जना गजलकारहरुले २/२ वटा गजल बाचन गर्नु हुनेछ भने गजलमा नृत्य सहितको गजल गायन पनि रहने यस कार्यक्रमका संयोजक जितेन्द्र मल्लले जानकारी दिनुभएको छ ।  मल्लका अनुसार गजल मुशायरा २०१९ मा यस पटक गजलका माली ज्ञानुवाकर पौडेललाई पनि सुन्न पाउनेछौ । यसै गरि अर्का आदरणीय व्यक्तित्व चितवन गजल मञ्चका संस्थापक अध्यक्ष धनराज गिरि पनि यस पटक मुशायरामा सहभागी हुनुहुनेछ।  यसको अलावा कार्यक्रममा बिभिन्न प्रतिभाहरु ले नृत्य पनि प्रस्तुत गर्नेछन्।
मोति जयन्तिको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुदै आइरहेको  गजल मुशायरा हाल सिड्नी बाहेकका शहर हरु मा पनि आयोजना हुदै आइरहेको छ । गजल मुशायरा सिड्नीमा गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो । कार्यक्रम उपस्थिति भइदिनु हुनको लागि आयोजकले सबैलाई हार्दिक अनुरोध गरेको छ । कार्यक्रमलाई इनोभेटिभ एसोसियट्सले  प्रयोजन गरेको छ।