वेस्टर्न सिड्नी स्पोर्ट्स मीट सेप्टेम्बर ७ र ८ मा 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६
नेपालीहरुको बाक्लो बसोबास रहेको ब्ल्यक्टाउन काउन्सिल अन्तर्गत दुनसाइडमा पहिलो पटक बिबिध खेल सहितको दुइ दिने कार्यक्रमको आयोजना हुदैछ । दुनसाइड ड्यानामाईट्स सकर कल्ब (Doonside Dynamites SC) को आयोजना र ब्ल्याक टाउन नेप्लिज कम्युनिटी संगको सहकार्य आयोजना गरिएको उक्त खेल महोत्सब  “वेस्टर्न सिड्नी स्पोर्ट्स मीट २०१९”  आउदो सेप्टेम्बर ७ र ८ मा Charlie Bali Reserve (Eastern Rd, Doonside, New South Wales, Australia 2766) मा आयोजना गरिएको छ।
दुइ दिन सम्म चल्ने उक्त स्पोर्ट्स मिटमा फुटबल, हाई जम्प, लोङ्ग जम्प, १०० मिटर र ८०० मिटर दौड प्रतियोगिताहरु रहनेछन । यसको अलावा बिभिन्न उमेर समुह र महिलाहरु का लागि डोरी तान्ने, चम्चा रेश, घैटो फुटाल्ने, म्युजिकल चेयर लगाएतका मनोरन्जनात्मक खेलहरुको पनि आयोजना हुनेछ । यसै गरि बाबु-नानीहरु का लागि जम्पिङ्ग केसल, बिभिन्न खानाका स्टलहरु कार्यक्रमको आकर्षण रहनेछ ।  खेलका माध्यामबाट समुदायलाई जोड्ने उदेश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा बिबिध सांगेतिक प्रस्तुतिहरु पनि रहनेछन्।
बिल्कुल फरक किसिमका खेल र मनोरन्जनात्मक पारिबारिक बाताबरणमा हुने उक्त दुइ दिने स्पोर्ट्स मिटमा उपस्थितिका लागि आयोजकले सम्पूर्ण दाजु-भाई, दिदि-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ ।  कार्यक्रम सम्बन्धि थप जानकारीका लागि प्रशान्त अधिकारी 0407 463 121  वा होम उपाध्याय 0425 ९८५ 553  लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।