दाहाल अष्ट्रेलियाका लागि राजदुत नियुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज २८, २०७६
अष्ट्रेलियाका लागि नेपाली राजदुतमा महेश राज दाहाल नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ अनुसार गत जुनमा नै मन्त्रिपरिषद्ले दाहाललाई आबासीय राजदुतका लागि सिफारिस  गरेको थियो । सोहि अनुसार सबै प्रकृया पश्चात १५ अक्टोबरका दिन माहामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
यसै संगै बिगत ८ महिना देखि रिक्त अष्ट्रेलियाको राजदुताबासले राजदुत पाएको छ र दाहालले छिट्टै कार्यभार सम्हाल्ने जनाइएको छ।