मंगलबारदेखि नेपाल लकडाउन ,घरबाट निस्किन प्रतिबन्ध

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र १०, २०७६

काठमाडौं – सरकारको कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि अर्थात् मंगलबार विहान ६ बजेदेखि एक सातासम्मका लागि घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको हो ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ ।

सोमबार नेपालमा फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि नेपालमा अझ कोरोनाको सन्त्रास बढेको छ ।