२०२ देशमा फैलियो कोरोना, ३२ हजार बढीको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६

अहिलेसम्म १७७,१४१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् भने ६३७,६६९ जनामा अहिले पनि कोरोनाको संक्रमण रहेको छ ।

यसमध्ये ६०५,२९७ जना सामान्य अवस्थामा छन् जुन कुल संक्रमितको ९५ प्रतिशत हो । कुल संक्रमितमध्ये ५ प्रतिशत गम्भीर अवस्थामा छन् जुन संख्या ३२,२९७ रहेको छ ।

२१९,२४८ जना संक्रमितको नतिजा आएकोमा ८१ प्रतिशत अर्थात् १७७,१४१ जना निको भएका हुन् भने १९ प्रतिशत अर्थात् ४२,१०७ जनाको मृत्यू भएको हो ।