नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, जेष्ठ ६, २०७७

काठमाडौं- नेपालमा सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

अब कोरोनाको प्रवेश कर्णाली प्रदेशमा पनि भएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।