शनिबार साँझ ७ जनामा संक्रमण पुष्टि, एकैदिन ७५ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ ११, २०७७

काठमाडौं– हिजो शनिवार नेपालमा एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो हालसम्म एकैदिन संक्रमिण हुने सर्वाधिक संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६८ जनामा देखिएको बताइसक्दा साँझ फेरि ७ जनामा कोरोना देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले शनिबार साँझ रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।