कर्णालीमा संक्रमितकाे संख्या ७९

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७
वीरेन्द्रनगर-  कर्णालीमा दिनप्रतिदिन काेराेना संक्रमण बढ्दाे क्रममा छ ।
कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा र दैलेखका १/१ जना रहेका छन् ।
प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको सूचना अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् ।
त्यस्तै, बाजुरा जगन्नाथ गाउँपालिका-५ का १ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
दैलेखककाे एक क्वारेन्टाइनमा मृत्यु भएका युवकको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
नयाँ १९ र पुराना ६० जनासहित संक्रमितकाे संख्या कर्णालीमा ७९ पुगेकाे छ ।
कर्णालीका १० जिल्ला मध्य सुर्खेत , दैलेख र कालिकाेटमा काेराेनाकाे संक्रमण भेटिएका छन् ।