सङ्खुवासभामा सात घर पहिरोले बगायो, ११ बेपत्ता

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार २८, २०७७

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगाएको छ ।

पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।

अबिरल बर्षापछ गए राती गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय संङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

अहिले विहान घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी बर्षा भईरहेको छ ।

घटनाको थप बिवरण आउन बाँकी छ ।

साथै सिलिचोङ गाँउपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरुमा बाढी आएकाले मुश्किल भएको फोन सम्पर्कमा बताउनुभयो ।