२४ घण्टामा १९ सय ५४ जना मा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, कार्तिक १२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप एक हजार ९५४ संक्रमित फेला परेका छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ९८१ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म एक लाख २१ हजार ८२४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म संक्रमण मुक्त हुने दर ७५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेका छन् ।

आजसम्म देशभर दुई हजार ८८९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ ।