सुपर समर लिग २०-२१ मा नया क्रिकेट कल्ब बिजयी 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७७
गत फेब्रोवारी २१ मा सम्पन्न सुपर समर लिग २०-२१ क्रिकेट प्रतियोगतामा नया क्रिकेट कल्ब बिजयी भएको छ । अष्ट्रेलियामा रहेका ६ नेपाली क्रिकेट टिमका बीच भएको यस बर्षको क्रिकेट प्रतियोगितामा अन्य टिमहरु उछिन्दै नया क्रिकेट क्लब र नाइपला क्रिकेट कल्ब फाइनलमा प्रवेश गरेका थिए । फईनल खेलमा टस जितेर नया क्रिकेट कल्बले ब्यटिङ्गको सुरुवात गरेको थियो । २० ओभरको सो खेलमा नया क्रिकेट कल्बले प्रतिस्पर्धी टिमलाई १०६ रनको टार्गेट बनाउन सफल भएको थियो । दोश्रो चरणमा ब्याटिंग गर्दै १५.२ बलमा सबै विकेट गुमाएर नाइपला क्रिकेट कल्बले ६२ रन मात्र बनाउन सफल भयो । यसका साथै ४३ रनको अन्तरले नया क्रिकेट कल्बले बिजयीको ट्रफी उचाल्न सफल बन्यो।
यसै गरि नया क्रिकेट कल्बका स्टार अलराउण्डर आशिष चन्द ठकुरी ८ इनिंगमा २९३ रन र ७ इनिंगमा १० विकेट सहित प्लेयर अफ टुर्नामेन्ट बनेका थिए भने हाइएस्ट विकेट टेकर बेस्ट बलर शिशिर थापा बन्न सफल रहे।