दुई दिने भ्रमणमा आज नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रवार तेस्रोपटक नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । राजनीतिक र धार्मिक भ्रमणका सिलसिलामा नेपाल आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री मोदीजनकपुरको जानकी मन्दिरमा हुने विशेष पूजा–आजा, नागरिक अभिनन्दन ग्रहण गर्दै रामायण सर्किटको उद्घाटन समारोहमा सहभागि हुनु हुनेछ । रामायण सर्किटमा भारतका करिव एक दर्जन धार्मिकस्थलसहित, श्रीलंकाका धार्मिकस्थल, नेपालको जनकपुर तथा जानकी मन्दिर समेटिएका छन् ।
पशुपतिमा विशेष पूजा
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि शनिबार पशुपतिनाथको दर्शन र विशेष पूजा गर्नु हुनेछ। मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएलगत्तै उहाँले पशुपतिको पूजा गर्ने कार्यतालिका तय भएको हो । शनिबार बिहान सबेरै मोदी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्दै हुनुहुन्छ । त्यहाँबाट फर्किएपछि बिहान साढे १० बजेपछि उहाँले पशुपति दर्शन गर्ने समय तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। ४ वर्ष अघिको भ्रमणका क्रममा मोदीले पशुपतिनाथमा करिब एक घन्टा विशेष पुजा–आजा गर्नुभएको थियो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिती
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सुरक्षाका लािग काठमाडौं उपत्यकामा २४ घण्टा सुरक्षाकर्मी परिचालन गरिएका छन्। ‘हाई अलर्ट’का साथ बर्दीसहितका र सादा पोसाकका सुरक्षाकर्मी आलोपालो खटिएका हुन् । काठमाडौं भित्रिने प्रमुख नाका, पशुपति, बौद्ध–जोरपाटी, ठमेल र सुरक्षा संवेदनशील मानिएका अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन भएका छन् । भारतीय पक्षको आग्रहमा मुस्लिम बाहुल्य क्षेत्र र उपत्यकाका सम्भावित संवेदनशील क्षेत्रमा रात्रीकालीन र नियमित अनुगमन भइरहेको प्रहरीको उच्च स्रोतले जनाएको छ । सामान्य अवस्थामा पनि शंकास्पद चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी, चेक जाँचसहित पैदलयात्रुमाथि पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित काठमाडौंमा ११ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको छ भने, जनकपुरमा ४ हजार र मुस्ताङमा २ हजार सुरक्षाकर्मी खटिएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



