नेपाली जनसम्पर्क समिति अन्तराष्ट्रिय समन्वय समिति गठन

बिश्व संजालको उपसभापतिमा अष्ट्रेलियाबाट कंचन पोख्रेल चयन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन १४, २०७५
नेपाली कांग्रेस संग आस्थावान र अहिले बिबिध कारणले बिश्वका बिभिन्न देशहरुमा बसोबास गर्दै आइरहेका नेपालीहरु बिच क्रियाशील नेपाली जनसम्पर्क समितिहरु लाई समन्वय गर्ने उदेश्यले हालै  नेपाली जनसम्पर्क समिति अन्तराष्ट्रिय समन्वय समिति  “बिश्व संजाल” गठन  भएको छ ।
सके सम्म बिश्वभर रहेका जनसम्पर्क समितिहरुलाई समेटेर एउटै छातामुनि ल्याउने उदेश्यले जुलाई २७ शुक्रबार साँझ कन्फरेन्स कल बैठकबाट अन्तराष्ट्रिय समन्वय समिति  “बिश्व संजाल ” गठन भएको जनाईएको छ । गठित समितिको सभापतिमा अमेरिका निबासी विष्णु सुवेदी सर्बसम्मत चयन भएका छन् । यसै गरि उपसभापतिमा अष्ट्रलियाबाट कंचन पोख्रेल,  यूएइबाट चित्र केसी र  दक्षिण कोरियाका नवराज सिवाकोटी चयन भएका छन। 
त्यस्तै महामन्त्रीमा स्पेनबाट चिन्तामणी सापकोटा, सहमहामन्त्रीमा जापानबाट भूपी गोबिन्द श्रेष्ठ र डेनमार्कबाट नवीन आचार्य रहेका छन । यसै गरि कोषाध्यक्षमा अमेरिकाबाट सुभाष घिमिरेलाई चयन गरिएको छ भने सदस्यहरूमा हंगकंगका कुल बहादुर गुरूङ, भारतका विराट श्रेष्ठ, जापनका डी पी कँडेल र राजेन्द्र जमरकट्टेल, मकाउका अंबिर जोशी, नेदरल्याडबाट उत्तम कडेल, बेलायतबाट टिका राम सापकोटा, बेल्जियमबाट पूर्ण तिमिल्सिना, नेदरल्याडबाटै दीपक रेग्मी, बेलायतबाट कुश बस्नेत, इजरायलबाट उषा भुसाल सुवेदी, क्यानडाबाट हेमराज पाण्डे, ओमनबाट बेदनिधि आचार्य, साउदी अरबबाट नवराज लामिछाने, पोर्चुगलबाट विष्णु सापकोटा, कुबेतबाट राजेन्द्र विरही,  मलेसियाबाट भवानी शंकर तिवारी, चिनबाट तारा प्रसाद बंजाड़े र युएइबाट ज्ञानेन्द्र खत्रीलाई चयन गरिएको छ। यसै गरि हालै गठित यस विश्व सञ्जालको तदर्थ समितिमा सबै देशका जनसम्पर्क समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ । अहिलेको परिवेशनमा थप सङ्गठित भएर नेपाली काँग्रेसलाई सहयोग गर्न आवश्यक भएकाले अन्तर्राष्ट्रिय संजाल गठन गरिएको अध्यक्ष विष्णु सुवेदीले बताए । नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिहरूको समन्वय गर्न र विधानमा एकरुपता ल्याउन सञ्जालले तत्काल काम थाल्नेछ ।
अष्ट्रेलियाबाट उपसभापतिको रुपमा बिश्व संजालमा प्रतिनिधित्व गर्ने कंचन पोख्रेलले  बिश्व संजाल गठन संगै  विभिन्न मुलुकमा रहेका विश्वविद्यालयका प्राध्यापक, विभिन्न अनुसन्धान संस्थाका वैज्ञानिक, विभिन्न क्षेत्रमा विज्ञको रूपमा काम गरिरहेका बौद्धिक व्यक्तिहरूको ज्ञान र सीपलाई मुलुक र पार्टीको बृहत्तर हितमा काम गर्नका लागि सबै संग सम्पर्क बढाउने र  आगामी दिनमा सबैसंग हातेमालो गर्दै आगाडी बढ्न बिश्व संजाल साझा प्लेटफर्म हुने बताए।