इङ्ल्यान्डलाई हराउँदै वेस्टइन्डिज टी-२० विश्व च्याम्पियन

-- / प्रकाशित मिति : आइतवार, चैत्र २१, २०७२

भारतमा सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि वेस्टइन्डिजले जितेको छ ।

भारतको कोलकातास्थित इडन गार्डेन स्टेडियममा क्यारेबियन टोलीले दोस्रो पटक उपाधि जित्ने क्रममा बलियो प्रतिद्व्न्द्वी इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्यो ।

वेस्टइन्डिजलाई जिताउने क्रममा मार्लोन स्यामुल्स नायक सावित भए । उनले वेस्टइन्डिजले लगालगत शुरुवाती विकेट गुमाएको अवस्थमा तेस्रो क्रममा आएर ६६ बलमा नटआउट ८५ रन बनाए ।

उनले त्यसक्रममा ९ चौका र ६ छक्का हाने । इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १५६ रनको लक्ष्य वेस्टइन्डिजले ४ विकेटको क्षतिमा २ बल बाँकी छँदै भेट्टाएको हो ।

यसअघि इङल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दै पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।

पहिले ब्याटिङमा उत्रेको इङ्ल्यान्डलाई वेस्टइन्डिजले सुरुबाटै दबाबमा राखेको थियो । पहिलो दुई ओभरमै इङ्ल्यान्डका दुई विकेट चट्काउँदै वेस्टइन्डिजले प्रभाव जमाएको थियो ।

इङ्ल्यान्डका दुबै ओपनरहरु जोसन रोय १ र एलेक्स हल्स शून्यमै पेभेलियन फर्केपछि वेस्टइन्डिजले प्रभाव जमायो ।

तर, तेस्रो क्रममा आएका जोय रुटले इङ्ल्यान्डको उद्धार गरे । उनले ३६ बलमा ५४ रन बनाएपछि इङ्ल्यान्ड धरासायी हुनबाट जोगियो ।

उनी आउट भएपछि आएका इयान मोर्गन केबल ५ रनमा आउट हुँदा त्यसपछिका जोस बट्लरले २२ बलमा ३६ रन बनाए । त्यसपछि आएका बेन स्ट्रोक्स १३ रनमै पेभेलियन फर्के ।

मोइन अली शून्य रनमा आउट हुँदा इङ्ल्यान्ड धर्मरायो । त्यसैगरि क्रिस जोर्डनले १३ बलमा १२ रन बनाए । त्यसैगरी डेभिड विल्लेको नाममा २१ रन रह्यो ।

अन्तिमक्रममा तीन ब्याट्सम्यान दोहोरो स्कोर गर्न चुके । वेस्टइन्डिजका लागि ड्यारेन ब्राभोर र कार्लोस ब्राथवाएटले ३-३ विकेट लिए । स्यामुअल बद्रीको नाममा दुई विकेट रह्यो ।

यो सिरिजको क्रिकेटको दुबै टीमले यो उपाधि एक-एक पटक उचालिसकेका थिए । यस्तोमा दोस्रो पटक उपाधि उचालेर वेस्टइन्डिजले इतिहास रच्यो ।

प्रतियोगितामा पहिलो पटक दुबै टीम सुपर-१० को समूह-१ बाट १६ मार्चमा आमनेसामाने भएका थिए । जहाँ इङल्यान्डले दिएको १८२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज क्रिस गेलले नटआउट रहँदै शतक जोडेपछि छ विकेटले विजयी भएको थियो ।

यस खेलपछि उपाधि जित्ने आफ्नो लक्ष्यबाट करिब बाहिर भएको इङ्ल्यान्डले जो रूटको विस्फोटक ब्याटिङमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

आफ्नो उत्कृष्ट खेलबाट टी-२० विश्वकपमा आएको अफगानिस्तानी टीमले इङ्ल्यान्डलाई कडा टक्कर दियो । तर उसले जित्न भने सकेन । त्यसपछि इङ्ल्यान्डले श्रीलंकालाई हरायो ।

सन रोयको ४४ बलमा नटआउट ७८ रनको मद्दतमा न्यूजील्यान्डको १५३ रनको लक्ष्य भेट्टाउँदै इङ्ल्यान्ड फाइनलमा आयो ।

अर्कोतर्फ वेस्टइन्डिजको टीमले श्रीलंकालाई सात विकेट र दक्षिण अफ्रिकालाई तीन विकेटले हरायो । तर समूह चरणको अन्तिम खेलमा अफगानिस्तानको हातबाट पराजित भयो ।

अफगानिस्तानसँग हारेको वेस्टइन्डिज ३० मार्चमा मुम्बईको वानखेडे स्टेडियममा भारतसँग भएको सेमिफाइनल भिडन्तमा जित निकाल्दै फाइनलमा आयो ।

ईडन गार्डेन स्टेडियमको अवस्थादेखि वेस्टइन्डिजको स्पिन बलिङबाट सबै परिचित थिए । वेस्टइन्डिजले भारतविरुद्ध प्रयोग गरेको यही स्पिन बलिङलाई हतियार बनायो ।