सुन्दर जीवन

-- जगन्नाथ चापागाई / प्रकाशित मिति : बुधबार, अशोज २४, २०७५

जीवनमा धैर्य र क्षमाशीलताको साह्रै आवस्यकता हुन्छ । यदि दुवै भएन भने जीवनको विकास असम्भब हुन जान्छ । कूविचारहरू सकरात्मक विचारबाट बदल्नु पर्ने हुन्छ ।
मानसिक विकारलाई सकरात्मक सोधन, स्वस्थ सत्संग साधना गर्न जरुरी छ । सकरात्मक प्रवृतिलाई शास्त्रले महत्व दिएको छ । नकरात्मक विचारको लागि होइन जीवनलाई सकभर सरल र शान्त अवस्थामा राखौं, समाजमा स्वस्थ मानिसको संख्या दिनानुदिन घटिरहेको छ । अहिले भइरहेको मानव समस्या यही नै हो ।
जीवन हेर्दा स्वस्थ देखिएतापनि मनका पाँच विकार मध्ये कुनै न कुनै विकारबाट ग्रसित देखिन्छ । व्यक्तिको स्वास्थ्यमा हरेक प्रणालीबाट हेरिनु पर्छ । मानसिक प्रवृतिलाई साधना गर्न असमर्थ भयो भने नियन्त्रणमा असफलको साथै अस्वस्थ पनि हुने छौं । बास्तविक सामान्य रोगी भन्दा मानसिक रोगी साह्रै घातक हुन्छ । मानसिक रोगीको संख्या बढ्दो छ । बैमनस्यता, क्रोध, घृणा र भय भावले डोर्याउन प्रेरित भएका छौं । सेवन प्रति कुनै नियन्त्रण छैन, मन पनि हाम्रो अचम्मको छ, प्रसंगबस हामी माथि उक्लिन पनि सक्छौं, मनलाई निम्न स्तरमा तल पुर्याउन पनि सक्छौं । तर मनको नियन्त्रण विचारको शुद्धता सकरात्मक सोचबाट मात्रै सम्भब छ । सकरात्मक सोचको आवस्यकता महसुस नगर्दा हरेक कुरामा हामी हार्छौ । परिवारमा हरेक कलह जन्मिरहेको हुन्छ, व्यापारी र शिक्षण संस्था लोभ, द्धेष, ईश्र्या र मद यिनैका कारण फसेका छन् । हामी एकले अर्कोलाई नराम्रो ठान्छौं, साह्रै तल्लो स्तरमा पुग्छौं र पागल भएका छौं । वर्तमान समाजमा मान्छे मान्छेमा केही न केही मानसिक सन्तुलन विग्रेको छ । यति मात्र हो कि सम्पतिवाल अस्पतालको बेडमा छन् भने नभएकाहरू समाजमै रुमलिएका छन् ।
हाल राजनीतिको खिचातानिमा तँछाड मछाड गर्दागर्दै राष्ट्रलाई ठूलो दूर्घटनामा धकेल्न लागि परेका छन् । त्यसैले हामीलाई सकरात्मक सोच चाहियो । कुनै पनि काम कठिनायी छैन । अभ्यासद्धारा मनलाई आफ्नो बशमा पार्न सक्नु पर्छ ताकि निरन्तर परिश्रम बैराग्यको भावबाट मात्र सम्भव छ । जीवनमा जति चिन्तन गर्ने गछौं क्रमसः त्यति बैराग्य भावको विकास हुन्छ । वैराग्यको विकासले मात्र मनको नियन्त्रण गर्न सकिन्छ । आफ्नो मनले आँफैलाई सोध्नु पर्छ जीवन के हो ? जन्मेर के गर्ने हो ? हामीले नचाहिँदो कुराबाट मुक्त भई इमान्दारी तवरले मनलाई सोध्यौं भने सबै प्रश्नको जवाफ पाउन सकिन्छ ।
भौतिक विकास भएन भने शारिरीक विकास पनि हुँदैन, यो श्रृष्टि स्थिति मानिसको लागि हो । यदि मानिस भएन भने संसारमा भएका उपलब्धि, प्रगति र समुन्नतिको अर्थ बेकार हुन जान्छ । धैर्य क्षमता र सरलता मानिसका चाहिने गुण हुन् । धर्ममा रहेपनि नरहेपनि स्वभाव र भावको विकास हुनै पर्यो आत्म सन्तुष्टिको लागि कमाएको सम्पति भन्दा प्रतिष्ठाको मुल्य ठूलो हुन्छ ।
जीन्दगीमा कमाउनु छ भन्दैमा प्रतिष्ठा गुमाउनु हुँदैन । सद्गुणलाई बचाइ राख्नु आवस्यक छ । सुन्दर जीवनको लागि हृदयमा विश्वास र भक्ति, आत्ममा बौद्धिकता र समझदारी प्रेम र प्रसन्नता हुनु पर्छ । आजकल चारैतिर आतंक र अत्याचार बढ्दो छ । नयाँ कानुन बन्छ तर त्यसले कुनै सफलता पाउँदैन । तसर्थ धैर्यता र क्षमताको विकास भए मात्र हाम्रो जीवन सफल पार्न सकिन्छ । .