इटहरीमा निलको नयाँ सलुन

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

इटहरी— चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफ्नो सलुनको सातौं शाखा इटहरीस्थित इटहरी मलको दोस्रो तल्लामा सञ्चालनमा ल्याएका छन् । निल डेभिड्स युनिसेक्स सलुन नेपालमा रहेकामध्येको सातौं सलुनको इटहरी मलमा आयोजित एक भव्य समारोहबिच प्रमूख अतिथी ख्यातिप्राप्त अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले शुभारम्भ गरेका हुन् ।
सलुनको शुभारम्भ गरेपश्चात अभिनेता सरोज खनालले निलको हेयर स्टाइल कलाबाट आफु आकृष्ट भएको चर्चा गर्दै नेपालको हेयर फेशनको क्षेत्रमा उनले पुर्‍याएको योगदानको चर्चा गरे । उक्त अवसरमा अभिनेत्री गौरी मल्लले सानो आकारमा शुरु गरेको निलको सलुनले सयौंलाई रोजगाी दिलाउँदै सातौं शाखासम्म विस्तार गर्नु उपलब्धिमुलक भएको चर्चा गर्दै सफलताका लागि शुभकामना दिइन् ।
हेयर स्टालिष्ट डेभिडले भने आफ्ना छोराछोरीलाई डक्टर इञ्जिनियर नै बनाउनुपर्छ भन्ने मानसिकताविपरित आफ्ना आमा र स्व. बाबुले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार दिलाएकाले आफुले नेपालमा यो कलालाई भित्र्याउन तथा पुरुषले पनि विदेशमाजस्तै नेपालमा पनि महिला र पुरुषको हेयर स्टाइल बनाउन सक्छन् भन्ने लागेर यो पेशा अंगालेको बताए ।
‘सञ्चार माध्यम, सेलिब्रेटी तथा फेशनप्रेमीको माया र सद्भाव तथा हेयर स्टायलप्रेमीको साथका कारण आज यहाँसम्म पुगेको छु । आगामी दिनमा यस्तै साथ, समर्थन सद्भाव र सहयोगले हेयर स्टाइलिङबाट नेपाललाई चिनाउने सक्षम हुनेछु भन्ने विश्वास मलाई छ’ निलको भनाई छ ।
नेपाल उद्योग वाणिज्य संघ इटहरीका महासचिव दिवस पोखरेलले इटहरीमा निलको अत्याधुनिक सुलन सञ्चालनमा आउनु यो क्षेत्रकै लागि गर्वको विषय भएको बताए भने होटल व्यवसायी संघ इहटहरीका केन्द्रिय सदस्य रविन गौतमले अब इटहरीमा विदेशी आउँदा इटहरीमा स्टाइलिष्ट सलुन छैन भन्ने प्रश्न गर्दा निलको सलुन देखाउन सजिलो भएको बताए ।
उक्त अवसरमा कार्यक्रमका प्रमूख अतिथी अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले थोरैलाई थाहा भएको आफ्नो अतिरिक्त प्रतिभासमेत प्रस्तुत गरेका थिए । अभिनेता खनालले आफुद्वारा रचित कविता सुनाएका थिए भने अभिनेत्री मल्लले आफुद्वारा रचित गीत गाएरै सुनाएकी थिइन् ।
यो सलुनमा पनि अघिल्ला शाखामा जस्तै महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउादो तवरले केश सजावट (हेयर स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, होम ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा तथा प्रशिक्षण उपलब्ध छ । यो सलुनमा उनको अघिल्ला सलुनमा जस्तै वातानुकुलित शान्त, सौम्य र वातावरणका बिच कपालको सौन्दर्यसाग सम्बन्धित सेवाहरु उपलब्ध छ । सबै सेवा अत्याधुनिक प्रविधीका साथ उपलब्ध गराइएको निलले जानकारी गराएका छन् ।
झापा लक्ष्मीपुर कन्काई नगरपालिकाका निलले विश्वका धेरै देशबाट हेयर स्टाइलिङ र फेशन डिजाइनिङ कोर्ष पूरा गरी स्वदेश फर्केर हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याएका छन् । १५ वर्षअगाडि सन् २००१ मा सिंगापुर घुम्न जाादा पुरुषले महिला र महिलाले पुरुषको हेयर स्टायल बनाएको देखेर आफ्नो देशमा पनि जमानाअनुसार यो सुविधा किन नगर्ने भन्ने सोचबाट प्रोत्साहित भएका निलले यसबारे औपचारिक कोर्ष पूरा गरी अत्याधुनिक सुविधासहितको सलुन सञ्चालनमा ल्याएपछि त्यसलाई पछ्याउादै विभिन्न स्थानमा स्तरिय सलुन स्थापनाको श्रेय पाएका छन् । हेयर स्टाइलकै कोर्ष पूरा गरी यो पेशालाई अगाडि बढाएर क्रान्ति ल्याउने पहिलो नेपाली हेयर स्टाइलिष्ट मानिएका उनले विभिन्न सेलिब्रेटीलाई हेयर स्टाइल परिवर्तन गरी नयाँ रुप दिएका छन् ।