नयाँ वर्ष सबैको लागि शुभ बनोस्

-- सम्पादकीय , नेपाली टाईम्स अष्ट्रेलिया डिसेम्बर २०१८ / प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

कला संस्कृतिमा धनी हामी नेपालीहरू लाई बर्ष भरि नै खुसी तुल्याउने बिभिन्न चाड पर्ब र अवसरहरू छन् । समय र ऋतु सुहाउादो बिभिन्न जातजति र सम्प्रदायका चाडपर्बहरू बाहेक नयाा बर्षलाई पनि चाडको रुपमा मनाउादै नयाा वर्षलाई नयाा उमङ्गका साथ मनाउने गर्दछौं । यसमा अझ हाम्रो युवा पुस्ताहरू एक कदम अगाडि देखिन्छन् । ऐतिहासिक महत्व बोकेका हाम्रै एक भन्दा धेरै चलन चल्तीका सम्बतहरू छन् जुन आाफैमा आदरणीय छन्, ऐतिहासिक र धार्मिक महत्वका पनि छन् त्यस मध्ये चलन चल्तीका हिसाबले र नेपालको नियम कानुन र प्रशासनिक रुपमा हामी सबैले स्विकार गरेको सम्बत हो बिक्रम सम्बत ।

तर यहाा सुभेच्छा प्रकट गर्न खोजिएको नयाा बर्षको प्रसङ्ग अझ भिन्न हो । संसारभर चलेको र संसारले मानेको ईश्बी सम्बत २०१८ लाई बिदा गर्दै हामी २०१९ मा छौ । बदलिदो बिश्व प्रबिधि साग अभ्यस्त आजको हाम्रो पुस्ता जसले जे भने पनि नेपाल मै पनि ईश्बी सम्बतको समयचक्र संगै आफूलाई अभ्यस्त बनाएको देखिन्छ, अझै हामी जस्ता प्रबासमा रहेकाहरूको लागि त यो महत्वपूर्ण नहुने कुरै भएन । यो महत्वपूर्ण समयमा २०१८ लाई फर्किएर हेर्दा बिश्वमा गएका बर्षहरू भन्दा तुलनात्मक रुपमा शान्त नै रह्यो ।

फेरि पनि हाम्रो प्रसङ्ग अलिकति फरक छ किनकि हर परिघटनाहरू संग हामी हाम्रै देश, हाम्रै जन्मभूमि जोड्ने गर्छौ । त्यसैले पनि २०१८ नेपालको लागि पनि निक्कै महत्वपूर्ण बर्षको रुपमा रह्यो । नयाा संबिधान घोषणा संगै सबै तहका निर्बाचन गत साल नै सम्पन्न भै यति बेला हामीले दुई तिहाई बहुमतको सरकार पाएका छौं । यस मानेमा जनताहरू का आशाहरू चुलिएका छन् । अब देश स्थायित्व र समृद्द तिर उन्मुख हुनेमा सबैको नजर सरकार प्रति छ । यस बीचमा घटेका केहि दु:खद घटनाहरू हाम्रो लागि मुटु कमाउने बने । निर्मला पन्तका बलात्कारी र हत्याराहरू अझै निस्फिक्री हिडिरहेका छन् यस बीचमा अरु धेरै चेलीहरूको आबाज र चित्कार नेपालका आकाशमा आफै बिलिन बने न्यायका आशामा निर्मलाका बाबा बर्बराइरेहेका छन् आमाका आाशुबाट बलिन्द्र धारा बगी रहेछन् । यी त प्रतिनिधिपात्र मात्र हुन् अरु कयाैं बाबु आमाहरू गुमनाम छन् आबाज बिहिन छन् ।

आशा गराैं २०१९ हाम्रो लागि अझ जादुमय बनोस्, संबिधान कार्यन्वयनको दिशामा गइ रहेको यो राजनीतक गति अझै सबै बीचको आपसी मेलमिलाप र सहकार्यले स्थायित्व र बिकासको दिशामा अगाडि बढोस् । विगतमा राजनीतिक दलहरूबीच न्यूनतम सहमति नबन्दा, एउटाले अर्कोलाई कम मूल्याङ्कन गर्ने मात्र होईन समाप्तै पार्ने योजनामा अघि बढ्दा नेपाली जनताले रगत र पसिना बगाएर ल्याएका उपलब्धिहरू संस्थागत हुन नसक्ने हुन कि भन्ने संशय यति बेला मत्थर भएको छ । आहिले जनताको अभिमत अनुसार अबको पााच बर्ष स्थिर सरकार देशले पाएको छ, देश राजनीतिक स्थायित्व हुादै विकास निर्माण र जनजीविकाको विषयमा प्रवेश गर्न सकोस् । भ्रष्टाचार, अनियममितता, बलात्कार, अपराध, महिला हिासा र त्यो बाहेक सडक दुर्घटनादेखि लिएर शिक्षा स्वस्थमा स्तरोन्नती लगायत अरु सयौं समस्यामा राजनीतिक दलले एक किसीमको प्रतिबद्दता लिउन । आशा गराैं नेपाली जनताको धैर्यशीलता र संयमिततालाई २०१९ ले सम्मान गर्ने वातावरण सत्तासिनहरूले बनाउन् ।

अन्त्यमा, विगतमा गरेका गल्ति र कमजोरीहरूलाई आत्मसाथ गर्दै जनताको सम्मान गर्दै सरकार हाक्ने र बिपक्षीमा रहने सबै बीच न्यूनतम सहमति होस् देश बिकास र सर्बोपरि हितलाई सबैले केन्द्रमा राखुन् । फेरि पनि सबैले सहमति, सहकार्य र सह अस्तित्व स्वीकार्दै अगाडि बढ्न नयाा बर्ष २०१९ ले हामी सबैलाई प्रेरणा दिओस । हामी देशमा हांै वा परदेशमा सहमति, सहकार्य र सह–अस्तित्व स्वीकार्दै गर्दा हामी सबैले जित्नेछौं हामी सबै मिल्न सकौं, शुभ बनोस हामी सबैको नया बर्ष ।