महावाणिज्यदूत खड्कासँग विविध विषयमा आधारित रहेर लिइएको अन्तर्वाताको सार संक्षेप :

-- महेन्द्र कुमार लम्साल, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस १, २०७५

पहिलो जागिर र व्यवसाय र कर्मभूमिको अनुभव कस्तो रह्यो ?

सन् १९७७ तिर पुल्चोक क्याम्पसबाट एक बर्षको पढाइ सकेपछि पहिलो जागिर भनेको ओभरसियर हो । पछि स्विस टिमसंग काम गर्दै गर्दा उनीहरूको साथ जिरी टेक्निकल स्कूलमा पढाउने मौका पाउादा आफ्नो सीप बिस्तार गर्ने अवसर पाएकोमा आाफूलाई गौरव लागेको थियो । सानैदेखिनै म अल्ली आविस्कार र सोध खोज गर्ने खालको मानिस भएकोले मैले जिरी टेक्निकल स्कुलमा रहदा पनि घट्ट बाट १.५ किलो वाट बिजुली निकालेर गाउलेलाई सेवा पुर्याएको थिएा । यो प्रयोग त्यो एरियामा यस्तो खालको पहिलो प्रोजेक्ट थियो । त्यस्तै फरक ढंगबाट काम गर्ने शैली मेरो करीयर नेपालदेखि हङ्गकङ्ग हुादै अष्ट्रेलिया आइपुग्दासम्म पनि निरन्तर नै छ ।

 

बैवाहिक जीवन र त्यस पश्चातको जीवनशैली ?

हाम्रो विवाह अन्तर जातीय मात्रै होइन अन्तरदेशीय पनि हो । आपसि समझदारी सफल जीवनको एउटा महत्वपूर्ण कडी हो । फरक भाषा र संस्कृतिबीच लिसा र मेरो दाम्पत्य जीवन एक अर्कालाई बुझ्ने अवसरको रुपमा लिएका छांै । बास्तवमा भन्नु पर्दा नेपालीमा, चाइनिज पृष्ठभूमि कि लिसाका साथ बहुसांस्कृतिक, बहुभाषिक अष्ट्रेलियामा जीवन बिताउने अवसर हाम्रो सानो परिवारको एउटा अर्को रमाइलो पक्ष हो । सफल र सुखी जीवनका लागि माया प्रेमका साथै पारस्परिक सहयोग र सम्मान सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ । त्यो भएपछि अरु सबै कुरा न्युन हुन्छ र सहज हुादै जान्छ ।

 

दोलखादेखि काठमाडौं, फिलिपिन्स र हङ्गकङ्ग हुँदै अष्ट्रेलियासम्मको यात्रामा सफलताका पछाडि प्रेरणाको श्रोत के होलान् ?

हेर्नुस, म जहिले पनि सकारात्मक सोच्ने र जस्तो वातावरणमा पनि सजिलै भिज्न सक्ने मान्छे हो । गाउामा जन्मेर पनि मेरी आमा जहिले पनि मलाई उत्साहित मात्रै गर्नु भयो । र उहाा नै मेरो सबै सफलताको प्रमूख श्रोत हुनु हुन्छ ।

 

आँफूले देश र समाजलाई गरेको योगदानका बारेमा केहि बताई दिनु हुन्छ कि ?

आाफूले स्व:स्फूर्त रुपमा दु:खी र गरिबलाई परेको बेलामा गरेको सहयोगलाई प्रचारको बिषय बनाउने चाहना मैले कैल्यै पनि राखिन । तर राम्रो कामले अरुलाई प्रेरणा हुन्छ भने शेयर गर्नु पनि हाम्रो कर्तब्य हुन्छ । जब १९९९ मा छोरी समीक्षा जन्मिन् तब मैले अरु १० जना गरिब तथा जेहेन्दार छात्राहरूलाई आफ्नै छोरीजस्तो गरि ऋजष्मि म्भखभयिऊभलत क्यअष्भतथ मार्फत करिब १२ बर्षसम्म छात्रवृत्ति प्रदान गर्न पाउादा आाफूलाई आत्म सन्तुष्टि महसुस हुन्छ । त्यसै गरि नेपालमा १९९५ तिर समाज कल्याण परिषद मार्फत करिब ६० लाख बराबरको लत्ता कपडा वितरण, आमाको स्मृतिमा खोपा चागु गाउमा अक्षयकोष, आाफू पढेको स्कूल जिरी स्कूल स्तरोन्नतिमा सहयोग, धार्मिक स्थल कालिञ्चोक मन्दिरको जीर्णोद्धार, भूकम्प पिडितलाई गरिएको सहयोग सम्झना योग्य छन् । त्यस्तै हालै दोलखाको आफ्नो घर नजिकै बन्दै गरेको माथिल्लो तामाकोशी बिद्युत परियोजनामा आफ्ना गाउलेहरूलाई पनि अपनत्व गराउने उद्देश्यले खोपा चागुका कुल ७४१ घरधुरी रहेकोमा प्रत्येक घरधुरीलाई ५ हजार रुपैया बराबरको शेयर धनि बनाउन प्रदान गरेको आर्थिक अनुदानले गाउाले दाजुभाइ दिदी बहिनीहरूमा दीर्घकालिन महत्व राख्ने बिश्वास लिएको छु ।

 

इञ्जिनीयरिङ्ग पृष्ठभूमिबाट कसरी शिक्षण व्यवसाय तर्फ लाग्नु भयो ?

अष्ट्रेलिया आउनुको मूल उद्देश्य नै शिक्षा हो । कसैलाई पैसा दिएर केहि हुादैन तर शिक्षा दिन सकियो भने त्यो जीवन्त काम लाग्छ । शिक्षामा लगानी गर्दा आाफूलाई आत्मसन्तुष्टी मात्र होइन एउटा व्यवसायिक धर्म पनि निभाएको बिश्वास लाग्छ मलाई । तसर्थ व्यवसाय गर्नु नै छ भने शिक्षामा नै गरुा भन्ने लग्यो । अन्तराष्ट्रिय विद्यार्थीहरूको एउटा अब्बल गन्तब्य भएकोले र तेश्रो मुलुकका विद्यार्थीहरूलाई पनि सहयोग गर्न सकिने हुनाले म यतातिर आकर्षीत भएको हुा ।

 

महाबाणिज्यदूतको रुपमा आफ्नो भूमिका कस्तो पाउनु भएको छ ?

महाबाणिज्यदूतको भूमिका पाउनु मेरो लागि नेपाल र नेपालीको सेवा गर्ने एउटा पुरष्कृत जिम्मेवारी र अवसर हो । नेपाल ४ जात ३६ बर्णको फूलबारी भनिए पनि त्यसको बास्तविक अनुभव मैले अष्ट्रेलियामा गर्न पाएको छु । महाबाणिज्यदूत हुादै गर्दा नेपालका बिभिन्न जात जति धर्म संस्कार बिचार बोकेका मानिसहरू संग बसेर काम गर्ने मौका पाएा भने अष्ट्रेलिया पनि आाफैमा बहुभाषिक बहुसांस्कृतिक मुलुक भएकाले भाषिक सामाजिक तथा संस्कृतिक विविधतामा रम्ने अवसर मिलेको छ । अर्को कुरा नेपाल पर्यटन प्रबर्धन गर्ने यो ठूलो अवसर भएकाले पनि मातृभूमिको पर्यटन प्रबर्धनमा काम गर्न पाउादा आाफूलाई अहोभाग्य सम्झेको छु । त्यसै गरि बढ्दो नेपाली समुदायको सुख दु:खमा साथ रहन पाउादा आफूलाई भाग्यमानी सम्झेको छु

 

जीवनमा आँफूले गरेको गर्व गर्न लायक कार्यहरू सम्झना योग्य क्षणहरू बताई दिनु हुन्छ कि ?

विदेशमा बसेर नेपाल चिनाउन गरेको योगदानलाई कदर गरि राजा बिरेन्द्रले २००१ मा प्रदान गरेको प्रबल गोर्खा दक्षिणबाहु पाउादा आाफूलाई खुसी मात्र होइन अरु राम्रा काम गर्ने हौशला मिलेको थियो ।

 

एनआरएनमा विश्व संजाल निर्माण गर्नमा यहाँको कस्तो योगदान रह्यो ?

एनआरएनएको म संस्थापक सदस्य हो । डायस्पोरा नेपालीहरूको संख्या दिनानुदिन बढ्दै गरेको अवस्थामा यसलाई संगठित गरि विदेशमा हामीले आर्जन गरेको श्रोत साधन ज्ञान सीप हाम्रो मातृभूमि सम्वृद्धिको लागि प्रयोग गर्नु पर्छ भन्ने लाग्यो । नेपालीका लागि नेपाली नारा सहित एनआरएनएनए स्थापना गर्ने बिचार आयो । २००३ मा हामी केहि साथिहरू बेलायतको यती रेस्टुरामा जम्मा भएर एनआरएनए विश्व संजालमा लाग्यौं र आज यो संसारको ७० भन्दा बढी मुलुकमा बिस्तारित छ । आजसम्म पनि म एनआरएनएका नीति निर्माण तहमा आफ्नो समयले भ्याएसम्म काम गर्ने गरेको छु ।

 

गर्न चाहेको तर नसकेको काम केहि छन् कि ?

विदेशमा बसे पनि नेपालको लागि केहि गरि रहने सोच छ । व्यवहारिक शिक्षा दिने संस्था स्थापना गर्ने चाहना छ । हामीले विदेशमा जनशक्ति निर्यात गर्दा दक्ष जनशक्ति नै निर्यात गर्न सक्ने भयौं भने देशको प्रतिष्ठा बढ्नुका साथै आर्थिक रुपमा फाइदा हुन्छ ।

 

एक दिनको लागि देशको प्रधानमन्त्री बन्नु भयो भने के गर्नु हुन्छ ?

शिक्षा नै देशको ज्योति हो र मेरो पहिलो फोकस नै शिक्षा हुनेछ । जब देश शिक्षित हुन्छ तब यो आत्मनिर्भरतातर्फ अगाडि बढ्छ र देशको चौतर्फी विकासको पूर्वाधार सुरू हुन्छ ।

 

अष्ट्रेलियामा रहेका नेपालीहरू र नयाँ पुस्तालाई केहि भन्नु छ कि ?

अष्ट्रेलियामा रहेको नेपाली समुदाय सबैभन्दा सशक्त र संगठित समुदाय हो । यो मान्यता र इज्जतलाई हामीले निरन्तरता दिंदै आाफू सबल बन्दै आफ्नो मातृभूमिलाई सहयोग गरौं भन्न चाहन्छु । बिदेशमा बस्दा हामी व्यक्ति समूह वर्गको रुपमा भन्दा पनि एउटा नेपालीको रुपमा रहन सकौं । हालसम्म नेपालीहरूले इमान्दार र मिहेनेती भनेर चिनेने पहिचान भबिष्यमा पनि निरन्तर राख्न सकौं यही नै मेरो कामना छ ।